0 COMMENTS

bidhyadevi-bhandariकाठमाडौँ१४, कात्तिक / राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११३७ को अवसरमा दिनुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालीको आफ्नै मौलिक संवतका रूपमा रहेको नेपाल संवत्ले सबै नेपालीमा सहिष्णुता, सामाजिक एकता र आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै भाइचाराको भावना सुदृढ गर्न योगदान दिने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रपतिले दिनुभएको शुभकामना सन्देशमा भनिएको छ, ‘‘यस पर्वलाई हर्षोल्लासका साथ मनाउन जसरी सबै नेपाली एकाकार हुन्छौँ, त्यसरी नै नेपालको संविधानमार्फत प्राप्त राजनीतिक, संवैधानिक एवं सामाजिक उपलब्धिको जर्गेना गर्दै समुन्नत नेपाल निर्माणको अभियानमा एकजुट हुन प्रेरणा मिलोस् ।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।