0 COMMENTS
12279168_10153850379659729_3945149980814204225_n
-बल्लभ चैतन्य दास

के लक्ष्मी माताले धन दिने हो? किन लक्ष्मी माताले कहिल्यै उनलाई नपूज्ने, उनको नाम समेत थाहा नपाएका विल गेट्सलाई अथाहा सम्पत्ति दिनछिन तर सधै पूज्ने मलाई त्यति सम्पत्ति दिदैनिन?
हामी सनातन धर्मीको विडम्बना… शास्त्र कोही पढ़दैनन। देवी-देवताहरूलाई त धर्मको नाममा माँग्ने वस्तुको रूपमा अज्ञानीहरूले परीभाषित गरिदिए। मन्दिर यदि कोही जान्छन त माग्न, आजको यति ठूलो मातालक्ष्मीको दिन लक्ष्मीपूजामा माताको कोही आराधना गर्छ त माग्न, कति ठूलो त्रुटी? सामाजिक कू-संस्कारमाथि प्रकाश छर्ने वेद-शास्त्र अर्थात सनातन धर्मले दिएका यी प्रश्नहरूको प्रष्टयाई हेरौं:
?के लक्ष्मी माताले धन दिने हो?
-यो प्रश्नको उत्तर दिनु पहिले यो प्रतिप्रश्न अाफैलाई गर्नुहोस, के तपाईलाई तपाईको शिक्षकले तपाईले दिएको परीक्षा वापत नम्बर दिने हो ?अवश्य पनि तपाईलाई बिधालयमा तपाईको परीक्षाको फल वापत नम्बर दिने त शिक्षक नै हो त्यसैगरी तपाईलाई धन दिने पनि लक्ष्मी माता नै हो।
?किन लक्ष्मी माताले कहिल्यै उनलाई नपूज्ने, यहाँसम्म की उनको नाम समेत थाहा नपाएका जस्तै विल गेट्सलाई अथाहा सम्पत्ति दिन्छिन तर सधै उनलाई पूज्ने मलाई भने त्यति सम्पत्ति दिदैनिन?
– के तपाईको बिधालयमा तपाईका शिक्षकले उनको चाकड़ी गर्ने, उनको पूजा गर्ने विद्यार्थीलाई धेरै नम्बर दिन्थे अनि तपाई धेरै मेहनत गरी पढ़नेलाई थोरै नम्बर दिन्थे? हो… जसरी तपाईका शिक्षकले चाहे बिद्यार्थी चिनेका होउन वा नहोस, चाहे मनपर्ने बिद्यार्थी होस वा न होस, चाहे आफ्नै छोरा-छोरी नै किन न होस वा चिन्दै न चिनेको नै किन न होस, परीक्षाको नम्बर बिध्यार्थीले परीक्षामा गरेको उत्तर झै नै दिने गर्दछन त्यसैगरी यस सम्पूर्ण ब्रम्हाण्डकी धन, ऐश्वर्यकी स्वामीनी माता लक्ष्मीले तपाई को हो यसको पूर्वाग्रहविना तपाईको मेहनत, लगन अर्थात तपाईको यस अथवा पूर्व-जन्मको कर्मानुशार नै धन-ऐश्वर्य दिन्छिन।

laxmi?त्यसोभए माता लक्ष्मीले दिने धन, मात्र मेरो कर्ममा निर्भर गर्दछ हो?

-अवश्यपनि। जसरी शिक्षकले चाहे शिक्षकको पूजा गर्नुहोस वा नगर्नुहोस, तपाईको परीक्षाको लेखाई अनुसार नै तपाईलाई परीक्षाको नम्बर दिन्छन त्यसैगरी माता लक्ष्मीले पनि चाहे तपाई उनको पूजा गर्नुहोस वा न गर्नुहोस, व्रत बस्नुहोस वा नबस्नुहोस, तपाईको मेहनत,लगन अनुसार नै तपाईलाई धन ऐश्वर्य दिन्छिन। जसरी चाहे तपाई जति नै चाकडी गर्नुहोस, याचना गर्नुहोस वा टाउको नै फोड्नुहोस, एक ईमानदार शिक्षकको तपाई प्रिय बन्न सक्नुहोला तर परीक्षाको नम्बर त उनले तपाईलाई तपाईको परीक्षाको लेखाई अनुरूप नै दिन्छन त्यसैगरी माता लक्ष्मीले पनि तपाई चाहे उनको जति नै पूजन अर्चन गर्नुहोस, व्रत बस्नुहोस, लम्पसार पर्नुहोस या धनको लागि याचना गर्नुहोस, तपाई लक्ष्मी माताको प्रिय बन्न सक्नुहोला तर धन त माताले तपाईको यस वा पूर्वजन्मको कर्मानुशार नै दिन्छिन।
?यदि माता लक्ष्मीले मेरो कर्मानुशार नै धन-ऐश्वर्य मलाई दिन्छिन भने म मातालक्ष्मीको किन पूजा गरू?
– तपाईको परीक्षाको लेखाई अनुसार नै तपाईको शिक्षकले तपाईलाई परीक्षाको नम्बर दिन्छन भन्ने कुराको कारणले गर्दा के तपाईले तपाईको शिक्षकको अनादर गर्नुहुन्थ्यो? “मैले पाउने ज्ञानको स्रोत नै शिक्षक हो, शिक्षक नै मेरा ज्ञानरूपी भविष्य हुन” भन्ने तथ्यको आत्मसात गरी, परीक्षा नम्बर त शिक्षकले दिने मेरै कर्मको फल मात्र हो भन्ने भावना राखेर तपाईले आफ्नो शिक्षकको पूजा गर्नुहुन्थ्यो, ईज्जत गर्नुहुन्थ्यो हैन र? हो त्यसैगरी सम्पूर्ण धन, सम्पत्ति ऐश्वर्यकी स्वामिनी माता लक्ष्मीको कुनै फलको कामना बिना(फल त तपाईको कर्मानुशार माताले दिन्छिन नै) पूजा-अर्चना गरी व्रत बस्नु हामी सबैको कर्तब्य हो, सनातन धर्मको मूल मर्म हो, तपाईको धर्म हो।
हरे कृष्ण …

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।