0 COMMENTS

laxmiदिपावलीमा धनकी देवी लक्ष्मीको विशेष पूजा गरिन्छ । तर माता लक्ष्मीको साथसाथ गणेशको पनि पूजा गर्ने गरिन्छ । गणेशलाई विघ्नबाधा नाश कर्ताको रुपमा मानिन्छ । त्यसैले कुनै पनि शुभ कार्य सुरु गर्नुभन्दा पहिले गणेशजी को पूजा गरिन्छ ।

कुनै पनि कार्य शुरु गर्नुपूर्व त्यसमा बाधा आउने आशंका रहन्छ । गणेश जीको पूजा पश्चात मनमा विश्वास तथा आत्मबल बलियो हुन्छ । अब आँटेको सम्पूर्ण कार्य निर्विघ्न समाप्त हुने कुरामा ढुक्क पनि भइन्छ । तसर्थ माता लक्ष्मीको पूजा गर्नुपूर्व श्री गणेशको पूजा गर्ने गरिन्छ ।

श्री गणेशलाई विद्या तथा बुद्धिको स्वामी पनि मानिन्छ । अनि लक्ष्मीसँगै गणेश पूजाको मुख्य कारण पनि यहि हो । धन को साथसाथ बुद्धि पनि सधै साथमा रहोस् । धन हुनेसँग बुद्धि छैन भने त्यो धनको सही सदुपयोग हुन सक्दैन । प्राय के देखिन्छ भने मानिससँग धन आउना साथ मनुष्यको विवेकमा बिक्रो लाग्ने गर्छ । उनीहरुमा नकारात्मक सोंचले घर बनाउन थाल्छ । अनि मनमा छलकपटले समेत जन्म लिन थाल्छ । गणेशले हामीलाई सद्बुद्धि देउन र त्यो सदबुद्धिको आश्रयले हामीले धनआर्जन गर्नसकौं र धनको सही दिशामा उपयोग गर्न सकौं भनेर नै गणेश पूजाको ठूलो महत्व छ ।

अनि मा सरस्वतीको पूजा गर्नु पछाडिको राज पनि त्यही हो । विद्यानै मनुष्यको असल धन हो । देवी सरस्वतीले हामीलाई ज्ञानको प्रकाश तथा उच्च शिक्षाको वरदान दिउन यस्तै कामना यो वर्षको लक्ष्मी पूजा तथा दिपावलीमा गरौं ।

लक्ष्मीमातालाइ मन पर्ने बस्तु बारे जानकारी राखाै ।

दिपावलीमा धनकी देवी लक्ष्मीको विशेष पूजा गरिन्छ लक्ष्मीमाताकाे पुजा गर्नु अगाडी माताजी लाइ मनपर्ने बस्तु हरूकाे पनी जानकारी राख्नु र वहाकाे उपासना गर्दा के चीज काे प्रयाेग गर्दा चाढैनै लक्ष्मी माता खुशी हुनु हुन्छ ?

अाउनुहाेस माता लाइ के के मनपर्छ जानकारी राखाै फुलमा- कमल, गुलाव मनपराउनु हुन्छ फलमा- अनार,बयर,सीताफल ,श्रीफल, सुगन्धमा-गुलाव,चन्दन श्रीखण्ड चन्दनकाे बासना मनपराउनु हुन्छ ।अन्न-चावल, बस्त्रमा राताे,गुलाबी र पहेलाे रंगकाे रेसमी कपडा माताकाे प्रीय बस्त्र हाे ।नैबेद मीठाइ – घरमा बनेकाे शुध्द पूर्ण केसरकाे हलुवा स्वारी मनपराउनु हुन्छ । प्रकाश (उत्यालाेकाे लागी) गाइकाे घ्यु,बदामकाे तेल, अथवा तीलकाे तेल ले छिटै प्रशन्न हुनु हुन्छ ।अन्य सामाग्रीमा -उखु,कमल गट्टा, राम्राे बेसार,बेलपत्र, गंगाजल,उनकाे अासन,रत्न अाभूषण,पंचामृत, गाइकाे गाेबर,सिंदुर केसरी काे प्रयाेग गरेमा लक्ष्मी माता चाडै प्रशन्न हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।