0 COMMENTS
nilam
नीगम कुमार कार्की- उदयपुर हाल कतार
 भ्रष्टाचारी नेताहरुले आफुलाई बचाई दिन भारतीय प्रधान मन्त्री मोदीसंग लम्पसार परेर गोड-ढोग्न लागि गरेपछि अख्तियारले भ्रष्टाचार प्रमाणित गरिसकेका नेताहरु जेल जानु पर्ने र जन्ता झुक्याँउने देखावटी राजनितिक छवि बिग्रिने त्रासबाट छापामार शैलीमा अख्तीयार प्रमुख आयुक्त लोकमान सिंह विरुद्धको महाभियोग ल्याईएको हो। मुख्यतह: निम्न कुराहरु अख्तीयार प्रमुख आयुक्त लोकमान सिंह विरुद्ध महाअभियोगमा देखिन्छन्
(क) चिन तर्फ तेर्सिएको राजनितिक शक्ति र पार्टी भारतले पहिला झैं आफैं तिर लगाम लगाएर अनुकुल उपयोग गर्न चाहन्छ ।
(ख) वर्तमानमा हुने भनिएको संविधान संशोधन भारतको हित हुनेगरी सफल गर्ने भारतको रणनीति छ।
(ग) एमालेको शक्ति आफैसंग हित बन्ने गरी प्रयोग गरी माओवादी केन्द्र भ्रष्टाचारबाट बाँच्न र एमालेको छवि अख्तियारसंग रुष्ट बनाउनु रहेको छ।
(घ) सबै पार्टीका भ्रष्टाचारी नेताहरु जेल जानबाट बच्ने योजनमा छन् भने एमालेको योजना काँग्रेस र माओवादी वीचको गठबन्धन फुटाउन माओवादी केन्द्रको समर्थन कित्तामा रहेका छन्।
(ड.) अख्तीयार प्रमुख आयुक्त लोकमान सिंह र भ्रष्टाचारी नेताहरु तुलनात्मक हिसाबले हेर्ने हो भने अख्तीयार प्रमुख आयुक्त लोकमान सिंह नेताहरु भन्दा धेरै सहि देखिन्छन्। तर पनि भ्रष्टाचारबाट नेताहरु बँच्नलाईअख्तीयार प्रमुख आयुक्त लोकमान सिंहलाई हद भन्दा ज्यादाँ प्रतिआरोप लगाउँन न्वाँरान देखिको जो महाभियोगलाई हतियारका रुपमा पत्र- पत्रिका अन्य समाचार माध्याम र विभिन्न संगठनहरु सदुपयोग गर्दैं अनुपयुक्त कुराहरु पनि लाक्षणा लगाई रहेका छन् र देशैभरी अफवाह मच्चाईं रहेका छन् जन्ताहरुमा आक्रोस पैदागरी जनसमर्थन जुटाउँनलाई।
यसरी अख्तियार प्रमुख लोकमान सिंहलाई महाभियोग लगाउँने रणनीतिबाट भारतले हस्तक्षेपकारी ढंगले संविधान संशोधन गर्न चाहन्छ भने भ्रष्टाचारी नेताहरु जेल जानबाट बाँच्नु नै रहेको छ। यसरी भारत र नेपालका भ्रष्टाचारी नेताहरु समेतको दुई पक्क्षको लाभ देखिन्छ। तसर्थ, भारतका लागि लोकमान सिंह प्यारो नभई देशको राष्ट्रिय स्वाधिनता हस्तक्षेप हुनेगरी संधि- संम्झौंता गर्ने, नदिनाला र तराई भूमि भारतलाई सुम्पिन संधी-सम्झौंतामा हस्ताक्षर गर्न प्रवाह नगर्ने नेताहरु चाहिं भारतको लागि सबैभन्दा प्यारो छन।
प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।