0 COMMENTS

samajkoawaj हरेक मानिसको चाहाना हुन्छ, सधै उसको घरमा लक्ष्मीको वास होस् आर्थिक स्थिती राम्रो होस्, व्यक्ति सबै सुख भोग गरौं । यसैले दिपावलीमा लक्ष्मीको विशेष पुजा गर्नु आवश्क हुन्छ ।

विविध धर्मशास्त्रहरुमा व्याख्या गरिएकोछ कि दिपावलीको रात माता लक्ष्मी रातभर पृथ्वीमा भ्रमण गर्नु हुन्छ । त्यसैले यस दिन लक्ष्मी कृपा भयो भने वर्ष भरि कहिल्यै खल्ती रित्तो हुने छैन । ज्योतिष विद्यंको अनुसार यदि हजुरहरुले माता लक्ष्मीलाई खुसी राख्न, कृपा प्राप्त गर्न, मानसिक पारिवारिक क्लेश, भूतप्रेतको वाधा आदि वाट छुट्कारा प्राप्त गर्न वाल्नुहोस् यी सात स्थानमा दिप ।

चरण स्पर्श गर्नु स्वास्थ्यको लागी लाभ दायक हुनेछ ।

१) घरमा जहाँ लक्ष्मी माताको पुजा आजा गरिन्छ, त्यहाँ अवश्क वाल्नुस् दिप ध्यान राख्नुहोस् । दिप रात भरि बालिराख्नु पर्छ निभ्नु हुँदैन् ।

२) धनको कामना पूरा गर्नका लागी मूल ढोकाको बाहिर दुइवटा दियो बाल्नु राम्रो मानिन्छ ।

३) यदि धन सम्पत्तीको बहुतै समस्या भएको भय पीपलको फेदमा दीपावलीको राती दियो जलाउनुहोस् । जलाएर हिडे पछि पछाडि फर्केर नहेनु होला । यो काम रातको समयमा गर्नु होला ।

४) घरको आसपासको खाली चौरमा दिपावलीको दिन रातको समय दिप जलाउदाँ पैसाको समस्या खतम हुनेछ ।

५) घरको आसपासको मन्दिरमा लक्ष्मी पूजाको दिन दिप जलाउनुहोस् सबै देविदेवताको कृपाका साथै परिवारिक क्लेश हट्ने छ र मानशीक तनाव बाट छुट्कारा मिल्ने छ ।

६) वेलपत्रको फेदमा यो दिन दिप जलाउदाँ भगवान शिव खुसी भई । लक्ष्मी प्राप्तिका साथै मानिसका जीवनमा आउने हरेक प्रकारका दुःख हटेर जानेछ ।

७) यदि हजुरको जीवनमा भूत प्रेतको समस्या छ भने दिपावलीको दिन मसान घाटमा पित्रीको नाममा दिप जलाउदाँ भूत प्रेतको दुःख बाट छुट्कारा मिल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।