0 COMMENTS

sexकुनै पनि महिला आफुलाई शारीरिक रुपमा फिट राख्न चाहन्छ । शरीरका हरेक अँगहरु आकर्षक देखुन भन्ने चाहना राख्छन् । हुनतः महिलाहरुको पहिचान भनकै सौन्दयर्तालाई नै मानिन्छ । तर आफुलाई सौन्दर्य बनाइराख्ने चाहना हुँदाहूँदै पनि केही कुरामा चुकेका हुन्छन् । यदि महिलाको वक्षस्थल(स्तन) धेरै ठुलो छ भने त्यसले सौन्दर्यतालाई बिगार्छ । स्वास्थ्यका दृष्टिकोणले पनि ठुलो स्तन ठिक मानिदैन । नयाँ लुगा लगाउँदा स्तनको आकार ठुलो हुनुले पनि समस्या निमत्याउने गर्छ । महिलाहरु लाजको कारणले पनि ठुलो स्तन बारे कुराकानी गर्न चाहदैनन् । तर यसले स्तन क्यान्सर, पिठ्युमा पीडा, छालामा एलर्जी जस्ता समस्याको खतरा पनि बढ्न सक्छ । चिकित्सकहरुले स्तनको आकार घटाउन सर्जरी गर्नुभन्दा शारीरिक अभ्यास गर्न सुझाव दिएका छन् ।

ठुलो स्तन हुनुको कारण ठुलो स्तन हुनु मोटाउनुको कारण पनि हुनसक्छ । यसलाई कतिपय चिकित्सकले वंशानगुत पनि भनेका छन् । कहिलेकाहीँ शरीरमा एस्ट्रोजनको मात्रा बढी हुँदा पनि ठुलो स्तन हुन जान्छ । तर स्तनको आकार कम गर्न केही साधारण शारीरिक अभ्यास र योगको मद्दत लिन सकिन्छ ।

शारीरिक अभ्यास शारीरिक अभ्यास गरेर स्तनको आकारलाई घटाउन सकिन्छ । दैनिक रुपमा दौड्ने, साइकिल चलाउने, स्वीमिङ गर्नाले पनि स्तनको आकारलाई नियन्त्रण गर्न मद्दत पुग्छ । तर शारीरिक अभ्यास गर्ने बेलामा ‘स्पोर्टस ब्रा’ लगाउन निकै जरुरी छ । किनकी शरीरको क्रियाकलाप अनुसार नै स्तन पनि गतिशिल हुन्छ । त्यसैले ‘स्पोर्टस ब्रा’को सहायता बिना अभ्यास गर्दा स्तनमा पीडा पनि हुनसक्छ ।

योगको मद्दत स्तनको आकार कम गर्न योगको पनि मद्दत लिन सकिन्छ । यसका लागि नियमित रुपमा अद्र्ध चक्रासन मुद्रामा योग गर्नाले सहायता प्राप्त हुनसक्छ । स्तनको आकार कर्म गर्न गहुँग्रो सामान उठाउनु हुँदैन । यसले माँसपेशीमा निकै असर पुर्याउन सक्छ । –एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।