0 COMMENTS

boudhaवैशाख १२ को महाविनाशकारी भूकम्पले भत्काएका सम्पदा पुननिर्माणमा राज्यको नजर खासै पर्न सकेको छैन । त्यसैले ती सम्पदास्थलहरु डेढवर्षदेखि ढलेका ढल्यै छन् । सरकारी विधि, विधान र प्रक्रिया लामो र झन्झटिलो बन्दा सम्पदा पुननिर्माणका वहूवर्षीय कार्ययोजनाहरु भने सार्वजनिक भैरहेका छन् । यता विश्व सम्पदा सूचीमा परेका सम्पदा पुननिर्माणलाई लिएर युनेस्कोले बाराम्बार चेतावनी दिइरहेको छ । तर सम्पदा पुननिर्माणमा भैरहेको ढिलाइमाथि उठिरहेका सबै प्रश्नहरुलाई माथ लगाइदिएका छन् बौद्धका स्थानीयहरुले । सबैलाई आश्चर्यचकित बनाउदै स्थानीयहरुको स्वस्फूर्त पहलमा विश्वसम्पदा सूचीमा सूचीकृत वौद्ध स्तुपाको पुननिर्माण सम्पन्न भएको छ ।

जिग्मेले भनेजस्तै सरकारको मुख ताकेको भए यति छिटो संभव नै थिएन वौद्ध स्तुपाको पुननिर्माण । यथार्थ यस्तै छ, विनाशकारी भुकम्पमा परेका अन्य अधिकांश सम्पदाहरुको पुननिर्माण अझै शृुरुसम्म भएको छैन । तर वौद्ध स्तुपाको गजुर ठडिएको छ, ३० किलोग्राम सुनको जलपले स्तूपको मोलम्व टल्किएको छ । पूर्णरुपमा क्य्राक भएको डोम हुवहू बनाइएको छ । पुननिर्माणमा प्रयोग भएका सामग्रीहरु धमाधम उतार्न थालिएको छ । रंगरोगन अन्तिम चरणमा पुगेको छ । विश्वभरका बौद्धमार्गीहरुको आस्थाको केन्द्र बौद्ध स्तूप फेरि आफ्नो स्वभाविक स्वरुपमा फर्किसकेको छ ।
हुन त वौद्धनाथ क्षेत्र विकास समितिलाई पनि पुननिर्माणका लागि सरकारको अनुमति पर्खनु परेको थियो । तर सरकारको मुख ताकेर बसे विलम्व हुने छाँट देखिएपछि समिति आफैंले राज्यको स्वीकृतिमा स्तुपको पुननिर्माण शुरु गर्यो । अझ उल्लेख्य कुरा यो स्तुपको पुननिर्माणले निर्धारित समय भन्दा अघि नै पूर्णता पाएको छ । यसको पुननिर्माणमा सरकारले एक पैसा पनि लगानी गर्नुपरेको छैन । सरकारको नैतिक समर्थन, युनेस्को र पुरातत्व विभागको प्राविधिक सहयोगमा दाता र स्थानीयको करिब २३ करोड रुपैयाँ आर्थिक सहयोगमा वौद्ध स्तुपा पुननिर्माण सम्पन्न भएको हो । क्षेत्र विकास समिति अब पुननिर्मित स्तुपको विधिवत उद्घाटनको तयारीमा जुटेको छ ।
स्तुपा पुननिर्माणमा परम्परागत विधि, पद्धति र सामग्रीलाई उपयोग गरिएको समितिले दावी गरेको छ । चुना, सुर्की, मासको दाल, चाकुलगायतको वज्रप्लाष्ट विधिको प्रयोग गरेको बताउदै कुनै प्रश्न गर्ने ठाउँसमेत नरहेको समितिको तर्क छ । पुननिर्माण गरिएको बौद्ध स्तुप भुकम्प प्रधिरोधी हुनुका साथै चट्याङवाट वच्न अर्थिङ जडान गरिएको छ ।
यो स्तुप पुननिर्माणका लागि वौद्ध गुरु ताइसितु पा रिम्पोछेवाट २९ केजी सुन, वौद्ध एशोसिएशन अफ चाइनावाट डेढ करोड रुपैयाँ, चिनका होनान प्रान्त र मकाउका वौद्ध समुदाय एवम् विद्यार्थी–प्राध्यापकवाट डेढ करोड रुपैयाँ, चिनीया दूतावास, अमेरिकी वौद्ध समुदाय, थाइल्याण्डलगायतका मुलुक र क्षेत्र विकास समिति एवम् स्थानीयहरुवाट प्राप्त सहयोगवाट स्तुपाको पुननिर्माण सम्पन्न भएको हो । समितिले स्तुपासँगै रहेको पोखरीकोसमेत पुननिर्माण गरेको छ । पोखरीसँगै भुकम्पमा परी दिवंगत आत्माको शान्ति र स्मरणमा ८ वटा चैत्यहरुको निर्माण गरेको छ ।
विधि, वजेट र क्षेत्राधिकारको विवादले सम्पदाहरुको पुननिर्माणले तीव्रता पाउन सकेको छैन । तर स्थानीयको सक्रियतामा सम्पन्न भएको वौद्धनाथ स्तुपको पुननिर्माण अहिले वेजोड नमुना सावित भएको छ । यसबाट अरु सम्पदास्थलहरुको पुननिर्माणका लागि पाठ सिक्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।