0 COMMENTS

sexलण्डनमा हालै गरिएको एउटा अध्ययनमा गर्मीयामको तुलनामा जाडोयाममा पुरुषहरु बढी सेक्स गर्न रुचाउने गरेको खुलासा भएको छ।
हावर्ड विश्वविद्यालयले गरेको सर्भेका अनुसार पुरुषलाई सेक्सको चाहना चाडोयाममा बढी हुने गर्दछ । र, जाडो याममै पुरुषहरु सबैभन्दा बढी महिलातर्फ आकर्षित हुने गर्दछन् ।
यो सर्भे ११४ जना पुरुषमा गरिएको हो । सर्भेमा उनीहरुसँग महिलाप्रतिको आकर्षणसँग सम्बन्धित प्रश्न सोधिएको थियो । साथै उनीहरुलाई हरेक तीन महिनापछि महिलाको तस्वीर देखाएर उनीहरुको मानसिक स्थितिको जाँच गरिएको थियो ।
अध्ययनमा सामेल पुरुषलाई महिलाको दुई प्रकारको तस्वीर देखाइएको थियो । जसमा अनुहार र उनीहरुको शरीर र स्तनको क्लोजअप तस्वीर थियो । सर्भेमा पुरुषहरुले अनुहारप्रतिको सोच वर्षभरिमा कुनै परिवर्तन देखिएन । जबकि अर्को तस्वीर जसमा महिलाको स्तन र शरीरका अन्य भागको क्लोजअप देखाइएको थियो, त्यसमा भने उनीहरुको राय परिवर्तन भइरहेको थियो ।
वर्षभरका अन्य महिनाको तुलनामा डिसेम्बर, जनवरी र फेब्रुअरीमा महिलाप्रतिको आकर्षण बढी हुने गरेको अध्ययनले देखाएको छ। यसका साथै पुरुषलाई जाडो मौसममा सेक्स चाहना बढी हुने गर्दछ । शोधकर्ताहरुका अनुसार मौसम परिवर्तनसँगै केवल परिवर्तन मात्र हुँदैन, शरीरको आवश्यकतासमेत परिवर्तन हुने गर्दछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।