0 COMMENTS

काठमाडौं८,कात्तिक /नेपाल राष्ट्र बैंकले गत शुक्रबारसम्म विभिन्न चलनचल्तीका तीन खर्ब ३६ अर्ब ९३ करोड मूल्य बराबरका नोट जलाएको छ । बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकका उपत्यका बाहिरका कार्यालयबाट विभिन्न समयमा संकलन गरिएका नोट जलाइएको हो । राष्ट्र बैंकले चलनचल्तीमा प्रयोग गर्न नमिल्ने थोत्रा, च्यातिएका, जलेका र उपयोग गर्न नमिल्ने नोट जलाउने गरेको छ । बढी नोट चलचल्ती हुने ठाउँमा छिटो र कम हुने ठाउँमा केही समयको अन्तरालमा नोट जलाउने काम गरिन्छ ।

बैंकले २०७१ चैतदेखि २०७२ फागुनसम्मको अवधिमा ४० अर्ब ३५ करोड रुपैयाँ बराबरका विभिन्न दरका नोट जलाएको थियो । त्यसको अघिल्लो वर्ष २९ अर्ब चार करोड बराबरका नोट जलाएको राष्ट्र बैंकले जानकारी दिएको छ । साधारणतया साना नोटको आयु तीन वर्षदेखि चार वर्ष र ठूला नोटको आयु पाँचदेखि ६ वर्ष रहेको पाइन्छ । हाल राष्ट्र बैंकसँग चार खर्ब ३३ अर्ब ८० करोड बराबरका चलनचल्तीका नोट रहेका छन् । सहज रूपमा मुलुकभर नेपाली नोटको व्यवस्थापन गर्ने प्रयोजनले नेपाल राष्ट्र बैंकले कम्तीमा तीन वर्ष तीन महिनालाई पुग्ने नोट सञ्चित गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।