0 COMMENTS

marigoldकाठमाडौ८,कार्तीक/ तिहारमा राति १० बजे भन्दा उता देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौले विज्ञप्ति निकाली राति १० बजे भन्दा उता देउसी भैलो नखेल्न सबैमा आग्रह गरेको हो । यस्तै घरधनीको स्वीकृति लिएर बिना करकाप राति १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । कोही कसैले यस विपरित गरेमा कानुन अनुसार कारवाही गरिने विज्ञप्तिमा उल्लेख छ ।

तिहार तथा छठ पर्व मनाउने क्रममा आतिशबाजि, पटाका, भूईंचम्पा जस्ता प्रज्वलनशित पदार्थको उत्पादन, आयात, बिक्री वितरण र प्रयोग नर्गन पनि प्रशासनले आग्रह गरेको छ । यस्तो कार्यमाथि स्थानीय प्रशासन ऐन २०२८ बमोजिम रोक लगाइएकाले कसैले पटाकासहितका विस्फोटजन्य पदार्थ प्रयोग गरेको पाएमा कारवाही गरिने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।