0 COMMENTS

baburamकात्तिक ७ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराइृले हिन्दु धर्मको नाममा पूर्वराजा ज्ञानेन्द्र शाहले राजतन्त्र ब्यूँताउने कुटिल चाल चलेको भन्दै सचेत हुन राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । केही दिनअघि धामिर्कक कार्यक्रममार्फत देखाएको सक्रियतातर्फ संकेत गर्दै उनले ज्ञानेन्दले गुमेको सत्ता फर्काउन चलखेल गरेको बताए ।

‘अहिले ज्ञानेन्द्रले हिन्दु धर्मको नाम जोडेर राजतन्त्र फर्काउन दुश्वप्न देख्ने प्रयत्न भएको छ, त्यो अत्यन्त गम्भीर छ, शनिबार गोरखाका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भट्टराईले भने, ‘ हिन्दुको गाडीमा चढेर त्यसलाई हाँक्ने भनेको राजतन्त्रले हो । प्रतिगामीको पहिलो कदम हिन्दु राज्य हो । र दोस्रो कदम भनेको राजतन्त्र हो र तेस्रो कमद संघीता खारेज र एकात्मक राज्य स्थापना हो । ’
–अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।