0 COMMENTS

samajkoawajभर्खरै बडादशै सकिए लगत्तै महान चाड तिहार तपाई हाम्रो घर आँगनमा आइसकेको छ । नेपालीहरुले हर्षोल्लासका साथ मनाउने तिहार धनतेरसको दिनबाट शुरु हुँदैछ । जुन लक्ष्मीपूजाको २ दिन अघि अर्थात कार्तिक कृष्ण चर्तुदशीका दिन पर्दछ । हाम्रो जीवनमा लक्ष्मी अर्थात धनको जति धेरै महत्व छ, त्यति नै महत्व हाम्रो स्वास्थ्य र समृद्धिको रहेको छ । त्यसैले जीवनभरको सुख समृद्धिका लागि धनतेरसका दिन केहि न केहि किनेर घरमा राख्नुपर्दछ भन्ने आम नेपालीको जनविश्वास रहँदै आएको छ । धनतेरसको दिन चाँदीका भाँडाकुडा खरिद गरि घरमा भित्राएमा शूभ हुने भनिएता पनि सबैको आर्थिक स्थिती चाँदी किन्न सक्ने हुन्न । कसैले तामाको गणेशको मूर्ति त कसैले लक्ष्मीको मूर्ति खरिद गरेर घरमा भित्राउने गर्दछन । त्यो पनि नसक्नेले केहि साना भाँडाकुँडा खरिद गरेर राख्ने परम्परा रहँदै आएको छ । तर,हामिले जानिराख्नु पर्ने कुरा के हो भने हामिले धेरै पैसा खर्च गरेर र महँगा सर सामान खरिद गर्दा मात्र लक्ष्मी खुशी हुने होइनन । थोरै पैसा खर्च गरेर पनि लक्ष्मी खुशी पार्न र समृद्वि प्राप्त गर्न सकिन्छ । जानीराखौ धन तेरसका दिन यि ५ चिज खरिद गरेर घरमा ल्याउँदा समृद्धि प्राप्त हुन्छ ।

१. धनतेरसका दिन ‘चाँदिका सामान’, ‘लक्ष्मी /गणेशको मूर्ति’ लगायतका सामान खरिद गरेर घरमा भित्राउनाले र समृद्धि प्राप्त हुन्छ ।
२. धनतेरसका दिन भगवान धन्वन्तरी र लक्ष्मी मातालाई खुशी पार्नको लागि ‘बोक्रा सहितको धनिया’ किनेर घरमा ल्याउनुहोस । जसले घरमा लक्ष्मीवृद्धि हुने र समृद्धि प्राप्त हुन्छ ।
३. तपाई र तपाई को परिवारको सम्वन्धमा मिठास ल्याउनका लागि ‘बताशा’ किनेर घरमा भित्राउनुहोस । बताशाले सम्वन्धमा मिठास र समृद्धि ल्याउदछ ।
४. धनतेरसका दिन ‘दियो’ खरिद गरेर साँझमा दीपावली गर्नुहोस, जसले गर्दा घर परिवारमा कुनै पनि खालको अकाल मृत्युको भय हुँदैन ।
५. धनतेरसका दिन सुख र समृद्धिका लागि लक्ष्मीको प्रिय वस्तु ‘कुमकुम’ खरिद गर्नुहोस जसले तपाइको घरमा सुख र समृद्धि ल्याउँछ ।

स्रोत :- नेपालीपाटी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।