0 COMMENTS

rukmangatताप्लेजुङ ७, कात्तिक/ पूर्वप्रधानसेनापति रुकमांगत कटवालले संविधान संशोधन मार्फत नेपाललाई हिन्दु राष्ट्र घोषणा नगरे देश गम्भीर दुर्घटनामा फस्ने चेतावनी दिएका छन् ।

विश्व सामू नेपालको परिचय हिन्दु राष्ट्रकै भएको भन्दै उनले यसलाई गुम्न दिन नहुने बताएका छन् ।राष्ट्रिय हिन्दु एकता मञ्चले ताप्लेजुङबाट सुरु गरेको बैदिक सनातन हिन्दु राष्ट्र नेपाल पुनस्र्थापना मेची महाकाली महाअभियानको उद्घाटन गर्दै कटवालले संविधान संशोधनमार्फत हिन्दु राष्ट्र बनाउनुपर्ने बताए ।

नेपाल रहे नेपाली रहने, नेपाली रहे सबै दल रहने र राजनिति गर्ने स्थान पनि यहि भुमिमा हुन भन्दै उनले दलहरुलाई अन्तराष्ट्रिय चलखेलमा नपर्न र नेपाललाई धर्म सापेक्ष हिन्दु राष्ट्र बनाउन आग्रह गरे ।

दुई तीन जना नेताले मध्यरातमा गरेको निर्णयवाट नेपाललाई धर्मनिरपेक्ष बनाएको उनको आरोप थियो । अहिले नेताहरुलाई नै पश्चताप भएको चन्दै उनले संविधानमा नसच्याउने हो भने नेपाली जनतामार्फत जनमत संग्रह गरेर निणयमा पुग्नु पर्ने बताए ।धर्मको विषयमा विखण्डन ल्याएर धार्मिक क्षेत्रमा भ्वाँङ पारेको भन्दै उनले आक्रोस पोखे ।

पूर्व प्रधानसेनापति कटवलले संघीयता नेपालको आवश्यकता नभएको दाबी गरे । संघीयताले नेपालीहरमा फाटो ल्याउने उनको दमबी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।