0 COMMENTS

deep basnetकाठमाडौं ५,कार्तिक/अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई विभिन्न आरोप लगाई महाअभियोगको प्रस्ताव दर्ता गरिएको छ । सोमध्ये आफ्नो पदीय दायित्व दुरुपयोग गरी चिकित्सा शिक्षालगायतका क्षेत्रमा भ्रष्टाचारलाई प्रोत्साहन दिएको प्रमुख रहेको बताइएको छ ।

यसैबीच अख्तियारका आयुक्त दिप बस्न्यातले बिहीबारबाट प्रमुख आयुक्तको जिम्मेवारी सम्हालेका छन् ।प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्व दर्ता भएको महाअभियोगको प्रस्तावको व्यवस्थापिका संसदले निर्णय नगरेसम्म बस्न्यातले कार्कीको कार्यभार सम्हाल्नुहुनेछ ।

अख्तियारका प्रवक्ता गणेशराज कार्कीले कार्कीविरुद्व महाअभियोको प्रस्ताव व्यवस्थापिका संसद्मा दर्ता भएको जानकारी बुधबार राति नै कार्यालयमा आएको जानकारी दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।