0 COMMENTS

rape-in-busवालिङ, ४ कात्तिक । आफ्नै १० वर्षीया छोरीलाई बलात्कार गर्ने एक पुरुषलाई जिल्ला अदालत स्याङ्जाले २२ वर्षको जेल सजाय सुनाएको छ ।

पश्चिम स्याङ्जाको बिर्घा गाविसमा २०७२ फागुन २१ गते दिउँसो १ बजेको समयमा आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा चैत १४ गते बाबुलाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।

अदालतले मङ्गलबार अभियुक्त बाबुलाई जबर्जस्ती करणीको अभियोगमा १२ र हाडनाता करणीको अभियोगमा १० वर्ष गरी २२ वर्ष जेल सजाय तोकेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।