0 COMMENTS

काठमाडौ, ३ कात्तिक । पशुपतिको वनकालीस्थित् भोलिदेखि विराट हिन्दु सम्मेलन सुरु हुने आयोजक हिन्दु अधिराज्य राजनीतिक समितिले जनाएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर समितिले यही कार्तिक ४, ५ र ६ गते सम्म चल्ने विराट हिन्दु सम्मेलनको उद्घाटन पूर्वराजा ज्ञानेन्द्र शाहले गर्ने जानकारी गराएको हो ।
कार्यक्रममा हिन्दुराज्य प्रजातन्त्र पार्टीका महासचिव रविन्द्र पौडेलले राजाविनाको देश र आँखा बिनाको मान्छे एउटै भएको बताउनुभयो । त्यस्तै राष्ट्रिय एकता पार्टीका अध्यक्ष शरदचन्द्र दाहालले हिन्दुराज्य मुलुक निर्माणका लागी अभियानलाई निरन्तरता दिने बताउनुभयो ।
३५ दलिय मोर्चाको आयोजनामा सम्पन्न हुने उक्त विराट हिन्दु सम्मेलनमा विभिन्न राष्ट्रका प्रतिनिधिहरू सहभागि हुने आयोजकले जनाएको छ । सम्मेलन भोलि देखि सुरू हुने र कार्तिक ६ गते सम्म चल्ने आयोजक मुल समारोह समिति जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।