0 COMMENTS

Sashanka-Koiralaकाठमाडौं, ३ कात्तिक । केही दिनअघि महामन्त्री डा. शशांक कोइरालाले आफ्नो व्यक्तिगत धारणा भन्दै धर्मनिरपेक्षताका विषयमा जनमतसंग्रहसमेत गर्न सकिने बताएपछि केन्द्रीय समिति बैठकमा सदस्यहरूले यो विषयमा कुरा उठाउने तयारी गरेका छन् ।

संविधानले स्वीकार गरिसकेको विषयमा जिम्मेवार नेताले यसरी बोल्दा परिवर्तनका मुद्दा प्रभावित हुने भन्दै नेताहरूले यी विषयमा कुरा उठाउने तयारी गरेका छन् । मंगलबार सरोज कोइरालाको स्मृतिमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य प्रदीप गिरिले महामन्त्रीको अभिव्यक्तिबारे केन्द्रीय समितिको बैठकमा कुरा उठ्ने बताए ।
आक्रामक बन्ने रणनीतिमा पौडेल पक्ष
कांग्रेसको १३औँ महाधिवेशन सम्पन्न भएको सात महिना बितिसकेको छ । यसबीचमा तीनवटा केन्द्रीय समिति बैठक बसे पनि साउनयता बैठक बसेको छैन । पौडेल पक्षको मागबमोजिम बिहीबारदेखि बैठक बस्न लागेको हो ।

बैठकमा संविधान संशोधन, स्थानीय तह, प्रदेश र केन्द्रीय संसद्को चुनावको अन्योलदेखि सरकारमा कांग्रेसका मन्त्रीको कार्यसम्पादन प्रभावकारी नभएको भन्दै पौडेल पक्ष आक्रामक रूपमा प्रस्तुत हुने भएको छ ।
देशको राजनीतिमा प्रभावकारी पहलकदमी लिन नसकेको जस्ता विषयलाई यसपटक पौडेल पक्षले प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना बैठकमा संविधान संशोधन, राज्यको पुनर्संरचना, अहिलेको परिस्थितिमा तीनवटा निर्वाचनलाई कसरी सम्भव बनाउने भन्नेमा छलफल हुने बताए । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।