0 COMMENTS

 कुनै पनि भवन निर्माण गर्दा वास्तुशास्त्रका सिद्धान्तहरूको पालना गर्नु जरूरी हुन्छ । आजकलका भवनहरू सबै सुखसुविधाले भरिपूर्ण हुन्छन् तर वास्तु नमिलाई बनाइएकाले तिनमा बस्ने मान्छेलाई जतिखेर पनि तनाव भइरहेको हुन्छ ।

त्यसैगरी विद्यालय भवन वा घरको अध्ययनकक्षको वास्तु मिलेको छैन भने पढाईमा खासै प्रगति हुन पाउँदैन । विद्यार्थीहरूले अध्ययनका प्रति रुचि देखाउँदैनन् ।

वास्तुशास्त्रका अनुसार पूर्व, उत्तर र ईशान दिशालाई ज्ञानवर्धक दिशा मानिएको छ । त्यसैले पढ्दाखेरी यी दिशातर्फ फर्केर पढ्नु लाभदायी हुन्छ ।

परिस्थितिवश हाम्रो अध्ययनकक्ष पश्चिम दिशामा छ भने पनि हामी माथि उल्लेख गरिएका दिशातर्फ फर्केर पढौं । विज्ञानका अनुसार इन्फ्रारेड किरणहरू हामीलाई उत्तरपूर्वी कोण अर्थात् ईशान कोणबाटै प्राप्त हुन्छन् । यी किरण मानव शरीर र वातावरणका लागि अत्यन्त लाभदायी हुन्छन् ।

यिनले शरीरका कोषिकाहरूलाई शक्ति प्रदान गर्छन् र एकाग्रता ल्याउन मद्दत गर्छन् ।
एकाग्रताले नै विद्यार्थीलाई अध्ययनमा सफल बनाउने काम गर्छ । त्यसैले पूर्व, उत्तर र ईशान दिशातर्फ फर्केर अध्ययन गर्नु उपयुक्त हुन्छ ।विद्यार्थीहरूले कोठाको ढोकातर्फ ढाड देखाएर कहिल्यै पनि पढ्नु हुँदैन ।कोठाको बीममुनि बसेर कहिल्यै पढ्नु हुँदैन किनकि यसबाट मानसिक तनाव हुन्छ ।विद्यार्थीले जहिलेपनि दक्षिण वा पश्चिमतर्फ शिर राखेर सुत्नुपर्छ । दक्षिणतर्फ सुत्दा स्वास्थ्य राम्रो हुन्छ भने पश्चिमतर्फ सुत्दा पढ्न खुब मन लाग्छ ।

किताबका र्याकहरू दक्षिण र पश्चिम दिशामा राख्नुस् । अनि स्टडी रूममा खुल्ला र्याकहरू नराख्नुस् । खुल्ला राख्दा नकारात्मक ऊर्जा निस्कन्छ र स्वास्थ्य खराब हुन्छ । किताबहरू दराजमा ढोका बन्द गरेर राखेको राम्रो हुन्छ ।एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।