0 COMMENTS

naraynhitiकाठमाण्डाै २,कार्तीक/ राजा ज्ञानेन्द्रले नारायणहिटी छाडनुपूर्व पारदर्शी र औपचारिक रुपमा गिरिजाप्रसाद कोइराला सरकारलाई हस्तान्तरण गरेका ऐतिहासिक तथा राष्ट्रिय महत्वका दस्तावेज गायब भएका छन् ।

आठ वर्षअघि सरकारद्वारा गठित गृहसचिव मोदनाथ डोटेलको समितिलाई राजदरबारले बुझाएका ऐतिहासिक तथा संस्थागत मेमोरीमा रहेका सबै रेकर्डहरु कि त छिन्नभिन्न अवस्थामा रहेको वा गायब भएको उच्चपदस्थ तथा जिम्मेवार अधिकृतहरुले बताएका छन् ।
ती दस्तावेजमा केके थिए र अहिले कुन अवस्थामा कहाँ छन् भन्ने सरकारसँग कुनै रेकर्ड छैन् ।

तत्कालीन संविधानसभाले राजतन्त्र हटाएर गणतन्त्र घोषणा गरेलगत्तै दरबारका कर्मचारीले त्यहाँ भएका सबै दस्ताबेज राष्ट्रिय सम्पत्तिका रूपमा संग्रहालय बनाएर राखियोस् भनेर नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए । त्यतिबेला दरबारले डकुमेन्टको प्रकृति हेरेर अधिकांश परराष्ट्र मन्त्रालयलाई, केही गृह, केही सामान्य प्रशासन र केही नेपाली सेनालाई बुझाएको थियो ।

तर ती दस्ताबेज अहिले कहाँ छन् भन्ने कसैलाई स्पष्टसँग थाहा छैन । परराष्ट्र मन्त्रालयका दुईवटा कोठामा ताला लगाएर केही फाइल छरपष्ट फालिएको छ तर त्यहाँ के छ भन्ने रेकर्ड मन्त्रालयसँग छैन । कतिपय महत्वपूर्ण दस्ताबेज धमिराले खाएका छन् भने कतिपयमा ढुसी लागेर अक्षर मेटिएका छन् । गृह र सामान्य प्रशासन मन्त्रालयमा अहिले दरबारका कुनै दस्ताबेज छैनन् ।अन्नपूर्ण पोष्ट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।