0 COMMENTS

काठमाडौं२,कार्तीक/ नेपालीले केही समयभित्रै युरो फोर मापदण्डको इन्धन खरिद गर्न पाउने भएका छन् ।

नेपाल आयल निगमले युरो फोर मापदण्डको इन्धन (डिजेल, पेट्रोल) भारतबाट ल्याउने तयारी गरेको छ ।

यसका लागि दुई मुलुकबीच सैद्धान्तिक सहमति भइसकेको छ । हाल नेपालले भारतबाट युरो थ्री मापदण्डको इन्धन भित्राउँदै आएको छ ।

युरो फाेर अत्यन्त न्यून परिमाणमा प्रदुषण उत्सर्जन गर्ने विशेषता भएको इन्धन भएको समाचार आजको अन्नपूर्णमा छ ।

निगम र इन्डियन आयल कर्पोरेसनबीच यही असोज पहिलो साता मुम्बईमा सम्पन्न द्विपक्षीय व्यापार सम्झौता नवीकरणसमबन्धी पूर्वतयारी बैठकमा युरो फोर मापदण्डको इन्ध नेपाललाई उपलव्ध गराउने विषयमा सैद्धान्तिक सहमति भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।