0 COMMENTS

gitaझापा, १ कात्तिक । ‘काम कर, फलेर आश नाकर१’ राजवंशी भाषामा ‘श्रीमद्भागवत गीता’को सार हो यो। हिन्दू हरूकाे महान धार्मिक ग्रन्थ ‘गीता’का सम्पूर्ण उपदेशलाई राजवंशी भाषामा अनुवाद छ,गरेका छन्, कनकाई–९ निवासी पवन राजवंशीले।

यतिबेला पवनले राजवंशी भाषामा अनुवाद गरेको गीता नेपाल, भारत र बङ्गलादेशमा बसोबास गर्ने एक करोड राजवंशी भाषीका लागि अनुपम उपहार भएको छ। स्वर्गीय कुलदीप राजवंशी र आमा जलेश्वरी देवी राजवंशीको कान्छो सन्तानका रुपमा झापाको कनकाईमा जन्मिएका ४७ वर्षीय पवन राजवंशी समुदायबाट नेपालका पहिलो प्राज्ञसमेत हुन्। उनलाई नेपाल ललितकला प्रतिष्ठान काठमाडौँले २०६९ सालमा प्राज्ञ मनोनयन गरेको हो।

यतिबेला झापाका दर्जनौँ विद्यालयमा चित्रकला पढाउँदै आएका पवन राजवंशी भाषाको पहिलो पत्रिकाका ‘बिचन’को संस्थापक सम्पादकसमेत हुन्। तर अर्थाभावका कारण केही वर्ष सो पत्रिका प्रकाशित गरेर बन्द गर्नुपरेको उनको भनाइ छ।

उनले भने जातीय भाषामा पहिलो पत्रिका त निकालेँ तर त्यसलाई निरन्तरता दिन मसँग पैसा भएन, बन्द गरिदिएँ। चित्रकलामा विशेष दखल राख्ने पवन राजवंशी समुदायका प्रिय र प्रेरक व्यक्तित्व बनिसकेका छन्।

उनले ‘अनुभूति’ नामक रङ्गीन कार्टुन चित्र सङ्ग्रहसमेत प्रकाशित गरेका छन्। यतिबेला उनी झापाबाटै प्रकाशित हुने विभिन्न पत्रपत्रिकामा कार्टुन चित्र बनाउँदै आएका छन्।

कुनै बखत उनी झापाको विर्तामोडबाट प्रसारित कञ्चनजङ्गा रेडियोमा राजवंशी भाषामा समाचार वाचन गर्थे। त्यसैबेला रेडियोका प्रबन्ध निर्देशक चन्द्र भण्डारीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’लाई राजवंशी भाषामा उल्था गर्न हौस्याएका रहेछन्। उनी भन्छन्,त्यही हौसलाबाट प्रेरित भएर मैले जातीय भाषामा ‘गीता’ नै अनुवाद गरेँ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।