0 COMMENTS

काठमाडौं , १ कात्तिकब्रिक्स सम्मेलनमा भाग लिन भारतको गोवा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र दामोदर दास मोदीबीच भेटवार्ता भएको छ ।
आइतबार राती गोवास्थित लीला होटलमा भएको भेटवार्तामा दुई पक्षीय हित, आपसी चासोलगायतका विषयमा छलफल भएको बुझिएको छ ।
प्रचण्ड प्रधानमन्त्री भएपछि दुई प्रधनमन्त्री बीच भएको यो दोस्रो भेटवार्ता हो । यसअघि प्रचण्डको औपचारीक भारत भ्रमणका क्रममा दुई प्रधानमन्त्रीबीच भेटवार्ता भएको थियो भने २५ बुँदे संयुक्त विज्ञप्ती समेत जारी भएको थियो ।

ब्रिक्स–बिम्स्टेक आउटरिच सम्मेलन लम्बिएका कारण निर्धारित समयभन्दा केही अबेर सुरु भएको भेटमा उनीहरुबीच महिनाअघि प्रचण्डको भारत भ्रमणका क्रममा भएका सहमतिको कार्यान्वयन गर्ने विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।

उनका अनुसार द्विपक्षीय वार्तामा परराष्ट्रमन्त्रीस्तरीय संयन्त्रलाई सक्रिय बनाउने र विगतमा भएका सम्झौतालाई कार्यान्वयनमा लैजाने विषयमा छलफल भएको थियो ।सो अवसरमा प्रधानमन्त्री दाहालले ‘एन्टी डम्पिङ डयूटी’का समस्यालाई हल गर्नुपर्नेमा जोड दिएको मन्त्री डा महतले बताए ।त्यसैगरी, प्रधानमन्त्रीले संविधानमा असन्तुष्ट पक्षलाई मिलाएर लैजाने कार्यलाई आफूले अगाडि बढाएको पनि बताएका थिए ।

त्यसैगरी, प्रधानमन्त्री मोदीले विगतमा भएका द्विपक्षीय सम्झौतालाई अगाडि बढाउने र संविधानमा सबैलाई समेटेर लैजान नेपाल सफल हुने विश्वास व्यक्त गरेका थिए ।भारतीय राष्ट्रपतिले गर्न लागेको आगामी नेपाल भ्रमणबारे पनि उनीहरुबीच छलफल भएको थियो ।

भेटमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा महत, भेटमा परराष्ट्र सचिव शङ्करदास बैरागी, प्रधानमन्त्री कार्यालयका सचिव टङ्कमणि शर्मा, शिष्टाचार महापाल दीपक अधिकारी, भारतका लागि नेपाली कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाल सहभागी थिए ।त्यसैगरी, भारतका तर्फबाट विदेशमन्त्री सुष्मा स्वराज, नेपालका लागि भारतीय राजदूत रणजीत राय एवम् विदेश मन्त्रालयका उच्च अधिकारीको सहभागीता थियो ।यसैबीच मोदीले सार्क शिखर सम्मेलनका लागि अहिले वातावरण उपयुक्त नभएको स्पष्ट पारेका छन् ।
अध्यक्ष राष्ट्रको सरकार प्रमुखका रूपमा नेपाली प्रधानमन्त्री प्रचण्डले राखेको जिज्ञासामा भारतीय प्रधानमन्त्रीले यस विषयमा पर्खेर मात्र भन्न सकिने जवाफ दिएका हुन् ।पाकिस्तानमा हुने भनिएको १९ औं सार्क सम्मेलनमा भारतसहितका अधिकांश सदस्य राष्ट्रहरुले सहभागिता जनाउन नसक्ने जनाएपछि सार्क सम्मेलन स्थगित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।