काठमाण्डाै१,कार्तीक । सर्वोच्च अदालतले लोकमान सिंह कार्कीको योग्यतासम्बन्धी फैसलाको पुनरावलोकन गने आदेश दिएको एक महिना बित्दा पनि उनकाे घर ठेगाना पत्ता लगाउन नसकेको भन्दै सर्वोच्च प्रशासनले विपक्षी कार्कीको नाममा म्याद तामेल गर्न सकेको छैन ।
म्याद बुझ्न ढीलाई गर्ने रणनीतिका साथ मुलुकको संवैधानिक निकाय अख्तिायार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की विदेश भ्रमणकै दौरानमा छन् । उनले थप विदा पनि स्वीकृत गराइसकेका छन् । ‘सकेसम्म तिहारअघि कुनै पनि हालतमा म्याद तामेल हुन नदिने रणनीति बनेको छ ’ सर्वाेच्च स्रोतले भन्यो, ‘तामलेदार, महानगरपालिका वडा सचिवलाई अल्मल्याएर म्याद तामेलीमा ढीलाई गर्ने योजना चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्