0 COMMENTS

मध्यपुर थिमि, ३० असोज । मध्यपुर थिमि–१३ बप्पास्थित विश्वेश्वर ९बप्पा० महादेव मन्दिर शिखर शैलीमा निर्माण हुने भएको छ ।

स्वस्थानी व्रतकथामा समेत उल्लेख भएको उक्त विश्वेश्वर महादेव मन्दिरको स्थानीय ज्येष्ठ नागरिक गौरीनारायण ग्वाय्मरु श्रेष्ठ, बुद्धिकुमार फसी श्रेष्ठ, लक्ष्मीलाल कायस्थ, कृष्णप्रसाद लाखे श्रेष्ठ र चन्द्रलक्ष्मी ध्व श्रेष्ठले संयुक्त रुपमा विधिपूर्वक पूजा गरी शिलान्यास गर्नुभयो ।

करिब रु एक करोडको लागतमा मन्दिरको निर्माण गरिने महादेव मन्दिर निर्माण समितिका सदस्य राजेश श्रेष्ठले जानकारी दिनुभयो । मन्दिर निर्माणका लागि मध्यपुर थिमि नगरपालिकाबाट रु छ लाख ४६ हजार, कमेरोटार जग्गा एकीकरण आयोजनाबाट रु १० लाख, स्थानीय बेखालाल बसीबाट रु एक लाख र बद्रीनाथ ध्व श्रेष्ठबाट रु ५० हजार पाँच सय आर्थिक सहयोग प्राप्त भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।