0 COMMENTS

Egipt-warकाठमाडौँ३०, असोज / महिनाअघि राजधानीका एक जना प्रतिष्ठित ब्यापारीको घरमा एउटा अलकायदा संगठनको नाममा धम्कीपूर्ण चिठ्ठी आयो। अलकायदा विश्व संगठन दक्षिण एसिया नेपालका अध्यक्ष अग्नी चट्टानको नाम उल्लेख भएको पत्र ती व्यापारीको हातमा पर्‍यो। आफ्नै घरमा काम गर्नेलाई थमाइएको त्यो पत्रमा चन्दा माग गरिएको थियो। मोबाइल नम्बरसमेत उल्लेख भएको पत्रमा रकम नदिए अपहरण तथा ज्यान मार्नेसम्मका चेतावनी दिइएको थियो। चिठ्ठीमा भएको मोबाइल नम्बरमा ती व्यापारीले फोन गरेर ५ लाख आइएमइ गरेर पठाइदिए। केही दिनपछि तिनै व्यापारीलाई फेरि सशस्त्र डिफेन्स आर्मी फोर्सका कमान्डर विवसको नाममा पहिलाको जस्तै व्यहोरा भएको पत्र हात पर्‍यो। ती ब्यापारीले चिठ्ठीमा उल्लेख भएको नम्बरमा फोन गरे।

पत्र पठाउनेले विश्वासिलो मान्छे पठाउँछु उसैलाई रकम दिनु भने। एक जना अपरिचित मान्छेलाई उनले ३ लाख दिए। फेरि तिनै व्यापारीलाई यस्ता प्रकृतिको थुप्रै पत्रहरु हात परे। कहिले खोजखबर न्युज, कहिले टाइगर मुक्ती मोर्चा, सशस्त्र अग्नी ज्वाला,नेकपा कम्युनिष्ट केन्द्र लगायतका नामबाट चन्दा माग गर्दै धम्कीपूर्ण पत्रहरु आइरहे। ती व्यापारीले डराइ डराइ सबैलाई गरी ३३ लाख चन्दा दिए। धम्कीपूर्ण पत्रहरु आएतापनि ती ब्यापारी प्रहरीकहाँ उजुरी गर्न गएनन्।

ती व्यापारीले नजिकका नातेदारलाई मनका कुरा पोखेपछि नातेदारहरुले अनुसन्धान गर्न महानगरीय अपराध महाशाखा आएर प्रहरीसँग आग्रह गरे,झन्डै ३ महिनाको अनुसन्धानपछि प्रहरीले अर्धाखाँची घर भइ काठमाडौं मनमैजु हिलेटोल बस्ने बैकुण्ठप्रसाद बेल्वासेलाई चावहिल क्षेत्रबाट पक्राउ गर्‍यो । तिनै बेल्बासेले ती व्यापारीलाई विभिन्न संगठनका नाममा धम्कीपूर्ण पत्रहरु पठाएको खुल्न आएको अपराध महाशाखाका प्रमुख एसपी प्रकाशजंग कार्कीले  बताए। ‘बेल्वासे मास्टर माइन्ड अपराधी रहेछन्, हस्तलिखित पत्र पठाउने, उच्च घरानालाई धम्क्याउने, एक्लै सबै काम गर्ने उनीजस्तो अपराधी मैले देखेको थिइँन’ एसपी कार्कीले भने ‘अरुका नागरिकताबाट सिमकार्ड लिइ ब्यापारी धम्क्याउने जस्ता काम उनले गर्दै आएका थिए।

यसअघि ब्यापारी राजकुमार ढुंगानालाई अपरहण गरेर रकम लिएको अभियोगमा उनी २७ महिना जेलमा बसेका थिए जेलबाट छुटेलगत्तै उनी फेरि आपराधिक क्रियाकलापमा लागेको डिएसपी रमेश थापाले बताए। उनले छुटेपछि कसरी पैसा कमाउने भन्ने आइडिया जेलभित्रै तयार पारेको पनि उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।