0 COMMENTS

gautama_buddha1_143063468काठमाडौं, ३० असोज ।२५५८औं बुद्धजयन्ती मूल समारोह समितिले शाक्यमुनि गौतमबुद्धको अस्थि धातुलाई स्वयम्भू परिक्रमा गराएको छ । स्थानीय आनन्दकुटी विहारमा रहेको अस्थि धातुलाई प्रत्येक तीन वर्षमा नगर परिक्रमा गराउने प्रचलनअनुसार बुधबार त्यस क्षेत्रमा परिक्रमा गराएको हो । अस्थि धातु भनेको बुद्धको अन्त्येष्टिका क्रममा सुरक्षित राखिएको अवशेष हो । नेपालका लागि श्रीलङ्काका राजदूत एसडब्लु सेनेविरत्नले अस्थि धातुलाई शिरमा राखी विहार परिसरबाट निकालेपछि त्यसलाई स्वयम्भू परिक्रमा पथ घुमाइएको थियो । कार्यक्रम सकिएपछि सोही विहारस्थित श्रीलङ्काराम चैत्यको पश्चिमपट्टि सर्वसाधारणको दर्शनका लागि बुधबार दिनभर खुला गरिएको छ । समितिका उपाध्यक्ष भिक्षु कौडण्यले श्रीलङ्का सरकारको सहयोगमा नेपाल ल्याइएको अस्थि धातुलाई प्रत्येक वर्ष बुद्ध जयन्तीका दिन प्रदर्शनीमा राखिने भए पनि नगर परिक्रमा तीन वर्षमा एकपटक गरिने बताउनुभयो । यसैबीच बुद्ध जयन्तीका अवसरमा आज स्वयम्भू चैत्यमा भक्तजनको विशेष भीड लागेको छ ।टिभी अन्नपूर्ण

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।