0 COMMENTS

gangalal-tuladharकाठमाडौँ३०, असोज/ नेकपा (एमाले)का सांसद तथा पूर्व शिक्षामन्त्री डा. गङ्गालाल तुलाधरले उत्कृष्ट अनुसन्धानका लागि अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएको छ ।

लन्डनस्थित इन्टरनेसनल कन्सोर्टियम फर जियो–डिजास्टर रिडक्सन नामक संस्थाले प्रकाशित गर्नेगरेको भू–वातावरणीय विपद् जर्नलमा डा. तुलाधरको अनुसन्धानात्मक कृति प्रकाशित भएको थियो । छ हजारभन्दा बढीले डाउनलोड गरेको र विभिन्न मुलुकका सयौँ शोधकर्ताले सन्दर्भ सामग्रीका रूपमा प्रयोग गरेकाले उहाँको सो कृतिलाई उत्कृष्ट ठहर्याई उक्त संस्थाले पुरस्कृत गरेको हो । अनुसन्धान कृतिका लागि सो संस्थाले पहिलोपटक पुरस्कृत गर्न थालेको हो । पुरस्कारको राशि एक हजार युरो अर्थात् झण्डै एक लाख २० हजार रुपैयाँ छ ।

तुलाधरले सन् २०१२ मा विभिन्न १९ जिल्लामा गई विपद् जोखिम न्यूनीकरणसम्बन्धी अनुसन्धान गर्नुभएको थियो । उहाँले गरेको अनुसन्धानबाट अधिकांश व्यक्ति विपद्का बारेमा जानकार नभएको, विपद् व्यवस्थापन गर्ने तौरतरिकाका बारेमा अनभिज्ञ भएको, विपद् कसलाई भनिन्छ भन्नेबारेमा पनि थाहा नभएको तथ्य फेलापरेको थियो ।

सांसद तुलाधरले नेपालमा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा धेरै ठूलो रकम खर्च भइरहेको छ र बढीजसो अन्तर्राष्ट्रिय सहयोग नियोगबाट लगानी हुँदै आएको छ । उनीहरूले विपद् जोखिम न्यूनीकरणमा ठूलो उपलब्धि हासिल भएको दाबी गर्दैआएका छन् तर अवस्था त्यस्तो नभएको मेरो अनुसन्धानले देखाएको थियो भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।