0 COMMENTS

 Pdfn]n] ljhofbzdL, bLkfjnL, g]kfn ;+jt / 57 kj{sf cj;/df sf7df8f}Fsf] zªvkfs{df zlgaf/ cfof]hgf u/]sf] lrofkfg sfo{qmddf g]skf -Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nL, ;efd'v cf]g;/L 3tL{nufot . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, ३० असोज । पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओली संविधान संशोधनबारे नरम देखिएका छन् ।
उनले भने- हामीसँग करिब १३ महिनाअघि बनिसकेको संविधान छ । संविधान गतिशिल दस्तावेज भएकाले आवश्यकता र औचित्यको आधारमा संशोधन गरिन्छ र गर्न सकिने कुरा हो । हामीले कसैसँग कुनै आग्रह–पूर्वाग्रह लिएर बसेका छैनौं, छलफलका आधारमा कहाँनेर आवश्यकता र औचित्य छ, त्यहाँ संशोधन हुनसक्छ ।

मधेसी मोर्चाको नेता पनि सहभागी
अघिल्लो सरकारको नेतृत्व गरेकोबेला सम्बन्ध चिसिए पनि मधेसी मोर्चाका नेताहरु एमालेको चियापान कार्यक्रममा सहभागी भए । तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलगायत मधेसी नेताहरु चियापानमा सहभागी भएर एमाले नेताहरुसँग अबको राजनीतिक निकासबारे छलफलसमेत गरेका थिए । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, रामसपाका अध्यक्ष शरतसिंह भण्डारीलगायतका नेताहरु भने चियापानमा देखिएनन् ।

बाबुराम भट्टराईले भने- प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनेगरी संशोधन
नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन नै गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जानुपर्ने बताएका छन् । ‘संविधान संशोधन गर्न सकिन्छ तर मुलुकलाई स्थिरता दिने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पनि व्यवस्था गर्नुपर्छ ।’ भट्टराईले भने । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।