0 COMMENTS

चितवन २९ असोज, । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले धर्मनिरपेक्षता हुने कि नहुने भन्ने विषय जनमत संग्रहबाट टुंग्याइनुपर्ने बताएका छन् ।

धर्म निरपेक्ष, सापेक्ष, नहुँने भन्दै कोइरालाले जनमतसंग्रहबाट यसको निर्णय गर्नुपर्नेमा जोड दिए । नेपाल प्रेस युनियन चितवन शाखाले चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले हिन्दु राष्ट्रका सम्बन्धमा आफूलाई विवाद हुने कुरा नबोल्न नेताहरुले दवाव दिएको समेत बताए ।

अहिले संविधान कार्यान्वयनको वेला भएको भन्दै उनले यो विषय चुनावपछि टुङ्गो लाग्ने दावी  गरे ।महामन्त्री कोइरालाले तीन दललाई आफ्नो अडान छोडेर मिल्न आग्रह गरे ।  

संविधान कार्यान्वयनका लागि तीनवटै चुनाव गर्नु पर्ने भन्दै संविधान संशोधनको लागि कांग्रेस तयार रहेको बताए । उनले आगामी केन्द्रीय समितिले मधेसी दलहरुको माग बारे निर्णय लिने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।