0 COMMENTS

 nepalicarकाठमाडौं२८, असोज/नेपाली महिला क्रिकेट टोली आइसिसी महिला विश्व कप क्रिकेटको एसियाली छनौटमा थाइल्याण्डसँग एक विकेटले पराजित भएको छ ।

नेपालले प्रस्तुत गरेको एक सय नौ रनको सामान्य लक्ष्य पछ्याएको थाइल्याण्डले १८ दशमलव चार ओभरमा ९ विकेटमा पुरा गर्दै नेपाललाई पराजित गरेको हो ।

थाइल्याण्डसँग पराजित भएपछि विजेताको रुपमा वर्ल्ड क्वालिफायरमा पुग्ने नेपालको संभावना समाप्त भएको छ ।

थाइल्याण्डकी चानिदा सुथिरुआङले २७ तथा नाताकान चान्तमले २३ रन बनाउँदा नेपाल पराजय तिर धकेलिन पुगेको थियो । नेपालकी करुणा भण्डारीले चार तथा रुबिना बेलबासे र सीता राना मगरले दुई दुई विकेट पनि खेल नेपालले आफ्नो पक्षमा पार्न सकेन ।

यसअघि हङकङ क्रिकेट क्लबमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय आठ रन बनायो । नेपालकी नेरी थापाले नटआउट ३२, इन्दु वर्माले २६, निर्मला कुमारी शाहीले २०, ज्योती पाण्डेले १३ तथा रुबिना बेलबासेले नटआउट १० रन बनाइन् । चार खेल जीतेको थाइल्याण्ड ८ अंकसहित शीर्ष स्थानमा कामय छ ।

बिहीबार भएको खेलमा नेपालले हङकङलाई ६ रनले हराएको थियो । नेपालले मंगलबार भएको तेस्रो खेलमा चीनलाई २० रनले हराएको थियो ।पहिलो खेलमा नेपाल आयोजक हङकङसँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।