0 COMMENTS

काठमाडौ, २८ असोज । ब्रिक्स सम्मेलनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणको मिति र एजेण्डाका बारेमा छलफल गर्नुहुने भएको छ ।
पर्सीबाट भारतको गोवामा सुरु हुने सम्मेलनका लागि नेपाली प्रतिनिधिमिण्डलको नेतृत्व गर्र्दै प्रधानमन्त्री प्रचण्ड भोलि त्यसतर्फ जाने कार्यक्रम छ । सम्मेलनमा प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति पिङसँग भेट गर्ने तय भएको जानकारी दिँदै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा ऋषि अधिकारीले राष्ट्रपति पिङको नेपाल भ्रमण र त्यसक्रममा हुने छलफलका एजेण्डा बारे नेपालको तर्फबाट कुरा राख्ने तयारी भइरहेको बताउनुभयो ।
स्रोतका अनुसार भेटमा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति पिङलाई छिट्टै नेपाल भ्रमण गर्न आग्रह गर्नुका साथै यसअघिको चिनियाँ प्रतिबद्धताअनुसार नेपाललाई दिने भनिएको चार अर्ब युआन ‘सफ्ट लोन’बारे पनि छलफल गर्नुहुनेछ ।
प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच साइडलाइन वार्ता तय भए पनि आज बेलुकीसम्म सम्मेलनमा हुने भेट र छलफलको विस्तृत कार्यतालिका टुंगो लाग्ने अधिकारीले जानकारी दिनुभयो ।
ब्रिक्स सम्मेलनमा जाने दिन नजिकिए पनि प्रधानमन्त्री प्रचण्डले यस बारे राजनीतिक दलसँग कुनै छलफल गर्नु भएको छैन । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार दसैँपछि प्रधानमन्त्री प्रचण्ड आजबाट सिंहदरवार जाने कार्यक्रम भए पनि अाैपचारीकरूपमा सम्मेलनबारे दलीय छलफलको कुनै कार्यक्रम तय भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।