0 COMMENTS

काठमाडौं, २८ असोज । कतारले दुई महिनापछि आप्रवासी कामदारसम्बन्धी नयाँ कानुन ल्याउने भएपछि त्यहाँ कार्यरत नेपाली उत्साही भएका छन् । नयाँ कानुनले क्षमतावान र दक्ष व्यक्तिहरुलाई रुचि र सीप अनुसारको काम गर्ने अवसरको ढोका खोल्ने उनीहरुको विशवास छ ।

डिसेम्बर १३ देखि उक्त कानुन लागू हुने कतारमा झण्डै साँढे चार लाख नेपाली कार्यरत छन् । अब रोजगारदाता र कामदारबीचको सम्झौतापत्र अनुसार नयाँ स्पोन्सरसिप कानुन लागू हुनेछ । कतारमा काम गर्ने, बस्ने र घर फिर्ने अवधि करारपत्रमै उल्लेख हुन्छ ।

यसअघि सबै अधिकार कम्पनीले चाहेअनुसार हुन्थ्यो । कम्पनीबाट रद्द भएर स्वदेश फिरेको दुई वर्यासमम अर्को कम्पनीमा जान लगाएको प्रतिबन्ध हटेको छ । सक्कली करारपत्र पाएलगत्तै कतार जानेबाटो खुल्नेछ ।

नतोकिएको करारपत्रमा आएका कामदार पाँच वर्षपछि अर्को कम्पनीमा जान पाउनेछन् । तोकिएको करारपत्र सकिएपछि सरकारको सम्बन्धित विभागबाट अनुमति लिई नयाँ रोजगार गर्न पाउने बाटो खुलेको छ । कान्तिपुर दैनिकमा होम कार्कीले खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।