0 COMMENTS

काठमाडौं २६,असाेज/ दसैँका बेला फुलपातिदेखि करिब सुनसान बनेको उपत्यकामा आजदेखि चहलपहल बाक्लिएको छ । सर्वसाधरण विभिन्न पहिरनमा सजिएर आफन्तकहाँ टीका र आशिर्वाद लिन बाक्लो सङ्ख्यामा आवतजावत गरिरहेका देखिन्थे ।

सवारी साधन कम चलेकाले केही यात्रु पैदल भएपनि आ—आफ्नो गन्तब्यतिर लम्किरहेका थिए । उपत्यकामा अति आवश्यक सामानका पसल खुलेका छन् । सडकमा मानिसको आवत जावत पनि बाक्लिएको छ । उपत्यकामा विगत तीन दिनको तुलनामा आज बढी सवारी साधन चलेको छ ।

टीकापछि आज उपत्यकामा सवारीको चाँप बढेको र हालसम्म कुनै गम्भीरप्रकृतिका घटना नभएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।