काठमाडौं, २६ असोज । भारतले विश्व शान्तिका लागि पाकिस्तान सबैभन्दा ठूलो खतरा भएको आरोप लगाएको छ ।
संयुक्त राष्ट्रसंघको कन्फ्रेन्स अन डिअर्मामेन्टमा जारी जम्मू–कश्मीर मुद्दाको बहसमा भाग लिदै भारतीय राजदूत वेंकटेश वर्माले शान्ति र स्थायित्वका लागि सबैभन्दा ठूलो खतरा आतंकवादलाई दिइएको संरक्षण र लगातार भइरहेको परमाणु शक्तिको विकास भन्दै यी दुबै कुरा पाकिस्तानबाट भइरहेको आरोप लगाए ।
यसअघि कन्फ्रेन्समा बोलेका पाकिस्तानी राजदूत तहमीना जंजुआले कश्मीर मुद्दा नसुल्झाएसम्म क्षेत्रीय शान्ति सम्भव नभएको बताएका थिए ।
साथै उनले पाकिस्तान भारतसँग द्विपक्षीय सम्झौताका लागि पनि तयार रहेको र यसको संकेत यसअघि अन्तर्राष्ट्रिय फोरममा प्रधानमन्त्री नवाज शरिफले गरिसकेको बताए ।
प्रतिक्रिया दिनुहोस्