0 COMMENTS

kamal-thapa-1काठमाण्डाै२५,असाेज/ टीकाको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहको हातबाट टीका थाप्न सर्वसाधारण देखि पूर्व मन्त्री, पूर्व प्रशासक उद्यमी ब्यवसायीहरु ठूलो संख्यामा निर्मल निवासमा पुगेका थिए । राजसंस्थाको अन्त्य भए पनि मुलुकमा राजतन्त्रको अस्तित्व र भविष्य छ भन्दै टीका थाप्न जाने सर्वसाधारणले नारा जुलुस समेत गरेका थिए ।मुलुकमा शाहवंशीय राजतन्त्रको इतिहासको अन्त्य भए पनि पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व बडामहारानी कोमल शाहको हातबाट टिका थाप्न यस बर्ष बिगत बर्ष भन्दा सर्वसाधारणको बढी भिड लागेको देखियो । लाइनमा बस्नेहरुको आक्रोस एउटै छ, ब्यवस्था बदलिए पनि जनताले सुख समृद्धि पाउन सकेनन् । विकास हुन सकेन र गरीव घट्न सकेन ।
यस बर्ष पुर्वराजा र पुर्व रानी कोमलको हातबाट टिका थाप्न राजाबादी मात्र नभएर मुलुकका बिभिन्न भागहरुबाट सर्वसाधारण, कलाकार, ब्यवसायी र बिभिन्न क्षेत्रका ब्यक्तिहरुको बाक्लो उपश्थित रहेको देखियो ।परिवर्तन पछि मुलुकले समृद्धि र परिवर्तनको अनुभुति गर्न नपाएको पीडा टिका थाप्न आउनेहरुको आक्रोस छ ।जननायक बिपी कोइरालाका सुपुत्र तथा पुर्व मन्त्री प्रकाश कोइरालले नेपालमा राजसस्था आवश्यक भएको र राष्ट्रियता जोगाउन पनि राजतन्त्र आवश्यक भएको बताउनु भयो ।बिदेशी नागरिकहरुको पनि राजाको हातको टिका लगाउने भिडमा देखिँन्थे । बिश्वमा धेरै मुलुकहरुबाट राजसस्थको अन्त भइसकेको अवस्था छ । नेपालमा पनि राजसस्थाको अन्त भएको छ तर पनि ब्यवस्था बदलिए पछि पनि जनताको चाहना अनुरुपको बिकास समृद्धि नपाएको आक्रोसमा टिका थाप्ने देखि राजाको हातबाट टिका लगाएको अनुभव बटुल्नेहरु पनि भीडमा प्रशस्त देखिन्थे । पछिल्लो दिनमा नेपालको राष्ट्रियता र स्वामिमान कमजोर भएको भन्नेहरु पनि आक्रोस पोखियो ।नेपालका राजनीतिक शक्तिहरुले ल्याएको परिवर्तन पछि जनतामा विकास र समृद्धि तथा परिवर्तन जनताका हातमा पुर्याउन सक्नु पर्ने चुनौती थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।