0 COMMENTS

14291735_1210309529031971_7343499286119238984_nकाठमाडौँ२५,असाेज । काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा सोमबार राति जीवित देवी कुमारीलाई दर्शन गराइएको छ ।
 
परापूर्वकालदेखि नै नवमीको मध्यरातमा कुमारीलाई भवानीको पूजा गराउने प्रचलन छ । मन्दिरबाट भवानीको मूर्ति (माथि) सम्म सेतो कपडा बिछाएर कुमारीलाई त्यहाँ लगिएको हो ।
 
मुलुकमा अनिष्ट नहोस् तथा सर्वसाधारणलाई दुःख कष्ट नहोस् भनी विधि विधानअनुसार कुमारीले भवानीको पूजा गरी दर्शन गर्नुभएको कुमारीका सहयोगी एवम् इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले जानकारी दिनुभयो ।
 
उक्त मन्दिरमा प्राचीन समयमा भवानी र तत्कालीन मल्ल राजाको भेट हुने तथा पासा खेल्ने परम्परा रहेकोमा राजाले कुदृष्टि लगाएपछि भवानी लोप भएको विश्वास छ ।
 
पछि वर्षमा एकपटक कुमारीको रुपमा मन्दिरमा आई सबैलाई दर्शन दिने विश्वासका साथ वर्षमा एकपटक मन्दिर खुला गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।