0 COMMENTS

काठमाडौं२५, असोज । तपार्इ दशैं हो भनेर राजधानीका सडकमा मादक पदार्थ सेवन गरी गाडी चलाउँदै हुनुहुन्ज्छ भने सतर्क हुनुहोला । उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाइ पारेको छ ।

उपत्यकाका विभिन्न ३५ वटा पोष्टले दिउँसो र रातिको समयमा मापसे जाँच गरिरहेको महानगरीय प्रहरी ट्राफिक महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दशैंलाई लक्षित गरी मापसे जाँचमा कडाइ गरिएको छ । आइतबार मात्रै ९३ जनालाई नियन्त्रणमा लिइएको थियो । सोमबार पनि सोही सङ्ख्यामा मापसे गर्नेलाई नियन्त्रणमा लिइएको थियो ।

दशैं र तिहारमा मादक पदार्थ सेवन गरी अनियन्त्रित तरिकाले सवारी साधन चलाउँदा सडक र सवारी दुर्घटना बढी हुने भएकाले ट्राफिकले पछिल्ला हरेक वर्ष महत्वपूर्ण पर्वका बेला ट्राफिक नियमलाई कडाइका साथ लागू गर्दै आएको छ ।
अहिलेसम्म उपत्यकामा चार\पाँचवटा सामान्य प्रकृतिका सवारी घटनाबाहेक गम्भीर प्रकृतिका दुर्घटना भने नभएको ट्राफिक प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।