0 COMMENTS

sexयौनको विषयमा विश्वमा समय समयमा अनुसन्धानहरु भइरहेका हुन्छ । यौन मानव जीवनको अत्यान्त चासोको विषय भएका कारण पनि यी विषयहरुमा अध्ययन पनि निकै हुने गरेका छन् ।कतिपय यस्ता शोध अध्ययनहरु भएका छन् जुन कुरा हामीलाई सुन्दा पनि अचम्म लाग्छ । ती शोध अध्ययनहरुले निकाल्ने नतिजा पनि झन अनौठो लाग्ने खालका हुन्छन् ।पुरुषको यौन क्षमताको विषयमा विश्वव्यापी रुपमा चर्चा भइरहेका हुन्छन् । यौन क्षमताकै कारण पनि वैवाहिक जीवनसमेत तहस नहस हुने भएका कारण पुरुष यौन क्षमतामा स्वयम् पुरुषहरु नै चिन्तित रहने गर्छन् ।पछिल्लो समय वैवाहिक जीवनमा गाँसिने युवतीहरुले पनि आफ्नो पार्टनरले भरपुर यौन आनन्दा दिलाउन सक्ला या नसक्ला भनेर सोचमग्न हुने गरेका पाइन्छन् ।

यस्तै जिज्ञासाहरुलाई मेटाउन केहीसमय अघि अमेरिकाको फ्लोरिडा विश्वविद्यालयले पुरुषको यौन क्षमता कति छ भनेर थाहा पाउन विधिबारे अनुसन्धान गरेको थियो ।उक्त अध्ययन अनुसार पुरुषको साहिँली औलाबाट उसको यौनक्षमता थाहा हुने नतिजा सार्वजनिक भएको छ ।यो नतिजा सार्वजनिक भएसँगै अब पुरुष वा महिलाले आफ्नो पार्टनरको यौन क्षमता कस्तो छ भनेर थाहा पाउन सक्ने भएका छन् । जुन कुरा पुरुषको साहिँली औलाले निर्धारण गर्ने अध्ययनले बताएको छ ।उक्त अध्ययन अनुसार साहिँली औँला लामो हुने पुरुषमा यौनचाहना बढि हुने र महिलाप्रति बढि आकर्षित हुने तथ्य पत्ता लगाइएको छ ।

पुरुषको साहिँली औलाकोलम्बाइले शुक्रकिटको संख्या, यौनमा आक्रामक व्यवहार , यौन अनुकुल र यौनका बेला गरिने पाक क्रिडा सँग सम्बन्धित रहेने गरेको तथ्य पत्ता लगाएको छ ।अनुसन्धानकर्ताहरुका अनुसार जुन पुरुषको साहिँली औँला चोर औँलाको तुलनामा लामो हुन्छ त्यो पुरुष उतिधेरै कामुक हुन्छ । अर्थात साहिँली औला लामो हुने मान्छे बढि यौनातुर हुने वा उसमा बढि यौनको चाहना उत्पन्न हुने हुन्छ ।त्यस्तो लोग्ने मानिसमा शुक्रकिट र हर्मोनको उत्पादन पनि बढि हुने भएकाले यौनमा बढि आक्रामक हुने र यौनक्रिडामा बढि लिप्त हुन चाहने खालको हुन्छ ।गर्भको शिशुमा टेस्टेस्टेरोनको मात्रा बढि भएमा जन्मजात रुपमै उसमा साहिँली औँला लामो हुने र पछि परिपक्व हुँदै जाँदा त्यस्तो पुरुष बढि यौन क्षमताको हुने अनुसन्धानकर्ताहरुको भनाइ छ । साहिँली औलामा सेक्स हर्मोनका रिसेप्टरहरु हुने अनुसन्धानले देखाएको छ ।याे अाैंला लामाे हुने पुरूषहरू महिलालाइ अत्याधिक माया गर्ने स्वभावका हुने पनि अध्ययनले देखाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।