0 COMMENTS

daviजनकपुरधाम, २३ असोज/ बडादसैँको अष्टमीका दिन आज मिथिलाका नारीले सौभाग्यवती एवम् सन्तानको कामना गर्दै देवी दुर्गा भवानीको ‘खोइँछ’ (पोल्टा) भर्ने विधि गरिरहेका छन् ।

 देवी दुर्गा भवानी

नवरात्र सुरू भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले दुबो अक्षता, फल, बेसारको गिँड, सुपारी, पान र भेटीसहितको पोका देवी दुर्गाको पोल्टामा चढाउँदै पराम्परागत सो विधिलाई निरन्तरता दिंदै आएका हुन् ।

भगवती दुर्गा असोज शुक्ल प्रतिपदाका दिन माइतमा आएर नौ दिनसम्म बस्ने र दशमीका दिन ससुराली जाने धार्मिक मान्यताका कारण ‘खोइँछ’ भर्ने गरिएको पाइन्छ ।मिथिलाञ्चलको पुरानो परम्परा रहेको यो विधि पूरा गर्न रातिदेखि नै शक्तिपीठ, देवीमन्दिरमा विवाहित मैथिल महिलाको घुइँचो लागेको छ ।

यसैबीच देवी दुर्गाका नवनिर्मित प्रतिमामा आँखा उघार्ने विधिसमेत सम्पन्न गरिएको छ । मिथिलामा माटोबाट बनाइएका देवी दुर्गाको प्रतिमाको अष्टमीका दिन बेलको डाँठबाट आँखा उघार्ने प्रचलने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।