0 COMMENTS

काठमाण्डौ, २३ असोज । अवकाशमा जाने उमेरको विषयलाई लिएर नेपाल राष्ट्र बैंकका कर्मचारीमा विवाद देखिएको छ । राष्ट्र बैंक कर्मचारी विनियमावलीले राष्ट्र बैंकका कर्मचारी अवकाशका लागि ५८ वर्षे सेवाको ३० वर्षे तथा कार्यकारी निर्देशकको हकमा बढुवाको ७ वर्ष र निर्देशकका हकमा १२ वर्षमा जुन छिटो हुन्छ त्यसबाट अवकाशमा जाने व्यवस्था तोकेको छ ।

अवकाश जाँदा ३० वर्षे सेवा हद हटाउनुपर्ने र ६० वर्षे पु¥याउनुपर्ने माग पुराना कर्मचारीको छ । तर, नयाँ कर्मचारीले भने अहिलेको व्यवस्था ठीक भएकाले विनियमावली परिवर्तन गर्न नहुने माग राखेका छन् ।

पूर्वमुख्यसचिव विमल कोइराला संयोजक रहेको समितिले गभर्नर डा। चिरञ्जीवी नेपाललाई हालै मात्र सुझाव दिएको छ । तर, सुझावमा समेटिएका विषय भने सार्वजनिक गरिएको छैन । राष्ट्र बैंकले कर्मचारी विनियमावलीलाई परिवर्तन गर्न अहिलेसम्म चारवटा समिति निर्माण गरिसकेको छ ।

केही वर्षअघि पार्थिवेश्वर तिमिल्सिना सञ्चालक समिति सदस्य रहेको समयमा एउटा कमिटी गठन भएको थियो । त्यो कमिटीले उमेर हदलाई ६० वर्ष पुर्याउन र यसका लागि कर्मचारी सर्वे गर्न सुझाव दिएको थियो ।

जसअनुसार स्टाफ कलेजले सर्वे गरेर राष्ट्र बैंकलाई प्रतिवेदन बुझाएको थियो । जसमा २ सय कर्मचारी बढी भएको सुुझाव थियो । यस्तै सञ्चालक रामहरि अर्यालको संयोजकत्वमा पनि यसै विषयमा एउटा कमिटी गठन गरिएको छ ।

लामो समयदेखि कर्मचारी विनियमावलीको विषयमा निर्णय नहुँदा एउटै कक्षमा बस्ने वरिष्ठ र कनिष्ठ कर्मचारीबीच विवाद देखिएको छ । राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष वसन्त पाण्डेले व्यवस्थापनले निर्णय नगर्दा अवकाशको विषयमा विवाद देखिएको बताए ।

उनले यस विषयमा भने युनियनले आवश्यकताका आधारमा निर्णय गर्न सुझाव दिएको जानकारी दिए । युनियनमा पनि अवकाशको नजिक जान लागेका कर्मचारीको उमेर हद बढाउनुपर्ने मत छ भने सेवा प्रवेश गरेका कर्मचारीको उमेर हद घटाउनुपर्ने माग छ ।कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।