0 COMMENTS

चितवन, २३ असोज– भरतपुर उपमहानगरपालिका–१९ गणेशगन्जमा शनिबार साँझ एक व्यक्तिले बाबुको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ६१ वर्षीय वसन्तप्रसाद सापकोटाको कान्छा छोरा २५ वर्षीय विनोदसापकोटाले खुकुरी प्रयोग गरी उनको हत्या गरेका हुन् ।

साँझ ७ः४५ बजे बाबु छोराबीच झगडा हुँदा छोराको खुकुरी प्रहारबाट बाबु वसन्तप्रसादको बायाँ कानको तल्लो भागमा चोट लागेकाले चितवन मेडिकल कलेजमा उपचारका गराउने क्रममा उनको मृत्यु भएको हो ।

घरायसी झगडाको क्रममा मादकपदार्थ सेवन गरेका विनोदले बाबुको हत्या गरेको प्रहरीले जनाएको छ । घटनापछि भागेका सापकोटालाई राति १२ बजे प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।