काठमाडौं २२, असोज/ पूर्व गृहमन्त्री तथा पूर्व मुख्यसचिव माधव घिमिरेका भाइ मोहन मिघिरेको शव चितवनको घोप्टेभिरमा जीप दुर्घटना भएकाे चौध दिन पछि अाज भेटिएको छ ।
असोज ९ गते मुक्तिनाथको दर्शन गरेर फर्कँदै गरेका बेला चितवनको घोप्टेभिरमा जीप दुर्घटना हुँदा त्रिशुली नदीमा हराइरहेका मोहनको शव बिहान देउघाट ४ त्रिशुली नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बिहान माछा मार्न गएका माझीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको गोजीमा भएको एटिएम कार्डको आधारमा शवको पहिचान भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि बेपत्ता भएका पूर्व गृहमन्त्री घिमिरेसहित उनका अर्का भाइ प्रकाशको अवस्था अझै थाहा हुन सकेको छैन ।
घिमिरेकी आमा चैतन्य कुमारी, आफन्त नारायणप्रसाद काफ्ले र अंगरक्षक सशस्त्र प्रहरी नायव निरीक्षक रामचन्द्र कार्कीको गएको ९ गते नै शव भेटिएको थियो ।