0 COMMENTS

sex1कामको थकान, हर्मोनमा आउने परिवर्तन, कुनै बिमारी अनि अस्वस्थकर खानपानका कारण दुब्लोपन अनि कमजोरी हुन सक्दछ। वजन अधिक कम हुँदा शरीरको रोग प्रतिरक्षा प्रणाली कमजोर हुन्छ। फलत: रोगहरुले च्याप्ने गर्छ। यहाँ केही सजिला घरेलु उपायको चर्चा गरिएको छ जसले यी समस्या निर्मुल पार्न सक्छ।

१. एक गिलास दुधमा आधा चम्चा दालचिनीको धुलो र एक चम्चा मह मिलाएर दैनिक पिउने गर्नुस्।

२. १०-१५ सुकेको अंगुर (किसमिस) तातोपानीमा राती भिजाउनुस्। बिहान यसको पानी र दाना खानुस्।

३. राती ६-७ चम्चा चनाको दाललाई काँचो दुधमा भिजाएर राख्नुस्। बिहान यसमा ५-६ किसमिस र मिश्री मिलाएर खानुस्।

४. १-१ चम्चा मह र बेसार मिसाउनुस्। यसरी नियमित खाँदा दुब्लोपन टाढा भाग्छ।

५. ४-५ छोकडा २-३ काजू, २ बदाम, र एक गिलास दुध उमाल्नुस्। यसमा दुई चम्चा मिश्री मिलाएर नियमित सुत्नु अघि पिउनुस्।

६. बिहान बेलुका २ वा ३ केरासंगै एक गिलास दुध पिउँनुस्।

७. अमलाको धुलो (वा अमला) सगं मिश्री मिसाएर सुत्नु अघि नियमित खानुस्।

८. खाना खाएपछि दुई चम्चा घ्यूमा एक चम्चा मह मिसाएर खानुस्।

९. सुप र मिश्री बराबर मिसाएर नियमित दुई चम्चा (धुलो बनाएर) खानुस्।

१०. २ चम्चा मेथीलाई एक गिलास पानीमा करिब ५ घण्टा भिजाउनुस्। अनि उमाल्नुस् र छानेर २ चम्चा मह मिसाएर पिउनुस्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।