0 COMMENTS

ncकाठमाडौँ२१, असोज २१/नेपाली काँग्रेस संसदीय कार्यसमितिले राजनीतिक दलसम्बन्धी विधेयकमा थ्रेसहोल्डका लागि संशोधन प्रस्ताव पेस गर्ने भएको छ।

कार्यसमितिको आज सिंहदरबारमा सम्पन्न बैठकले समानुपातिकतर्फ तीन प्रतिशत थ्रेसहोल्ड राख्न दलको तर्फबाट संशोधन प्रस्ताव दर्ता गरिने बैठकमा सहभागी नेता राधेश्याम अधिकारीले जानकारी दिए। उनले भने – “राजनीतिक दलसम्बन्धी विधेयकमा थ्रेस होल्डको प्रावधान राख्न जरुरी छ।”

बैठकमा व्यवस्थापिका–संसद्मा प्रस्तुत निर्वाचन र राजनीतिक दलसम्बन्धी विधेयकको मस्यौदामाथि आन्तरिक छलफल भएको थियो। उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले असोज १८ गतेको व्यवस्थापिका–संसद्को बैठकमा निर्वाचनसम्बन्धी विधेयकहरू सदनमा प्रस्तुत गरेका थिए।

उक्त दलका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा ती विधेयकका मस्यौदामाथि आज दिउँसो ४ बजेसम्म संशोधन प्रस्ताव दर्ता गराउन व्यवस्थापिका–संसद् सचिवालयले सांसदहरुलाई समयसीमा तोकेको छ। दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले ती विधेयकका बारेमा अन्य दलसँगसमेत छलफल गरिने जानकारी दिए।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि, केन्द्रीय सदस्य प्रकाशमान सिंह, केन्द्रीय सदस्य एवम् रक्षामन्त्री बालकृष्ण खाँण, अर्का केन्द्रीय सदस्य एवम् परराष्ट्र मन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु डा मीनेन्द्र रिजाल, डा रामशरण महतलगायतको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।