0 COMMENTS

काठमाडौँ, २० असोज – ग्यास कम्पनीहरुले सिलिन्डरको मूल्य घटाएका छन् । कम्पनीहरुले धरौटी भने पनि किन्नुपर्ने बाध्यतामा पारेर असुल्दै आएको रकम यसपटक माग घटेपछि घटाइएको कान्तिपुर दैनिकमा खबर छ ।
ग्यास बिक्रेता संघ काठमाडौंका तथ्यांक अनुसार उद्योगीले कम्तीमा एक सय रुपैयाँदेखि साढे तीनसय रुपैयाँसम्म मूल्य घटाएका हुन् ।

बिक्रेता संघका अनुसार सबैभन्दा बढी नमस्ते, सगर र त्रिवेणीले मूल्य घटाएका छन् । नमस्ते ग्यासले २३ सय ५० रुपैयाँ लिदैं आएकोमा असोजबाट २ हजार रुपैयाँमा बिक्री गरेको छ ।
२३ सय रुपैयाँमा बिक्री गर्दै आएको सगरले २ हजार, २३ सय रुपैयाँमा बिक्री गर्दै आएको त्रिवेणीले २ हजार, २३ सय पर्ने नारायणीको सिलिन्डर २१ सय ५०, रुपैयाँमा बिक्री भएको संघले जनाएको छ ।
त्यस्तै त्रिशुल, सुर्य, एचपी, तारा, गीता ग्यासले पनि २३ सय बाट घटाएर २१ सय मूल्य कायम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।