0 COMMENTS

 

nrt-काठमाडौँ, १९ असोज । न्युरोड टिम (एनआरटी)ले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मङ्गलबार भएको खेलमा सातदोबाटो युवा क्लबलाई पराजित गर्दै ‘ए’ डिभिजन फुटबल क्लबमा बढुवा भएको छ ।
हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा भएको आफ्नो अन्तिम खेलमा एनआरटीले सातदोबाटोलाई २–० गोलअन्तरले पराजित गर्दै पुनः ‘ए’ डिभिजनमा बढुवा भएको हो ।

अन्तिम खेलमा बराबरी भए पनि बढुवा हुने अवस्थामा रहेको एनआरटीले अन्ततः स्पष्ट जित निकाल्यो । जम्मा १३ खेल खेलेको एनआरटीले २८ अङ्क जोड्यो । एनआरटीका लागि दुवै गोल विश्वजित गुरुङले गरे । यसअघि आफ्नो एक खेल अगावै च्यासल युवा क्लब ‘ए’ डिभिजनमा बढुवा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।