0 COMMENTS

काठमाण्डाै१८ असोज/ नेपाली सेनाले काठमाडौंबाट दशैं मनाउन जाने आफ्ना सैनिक र उनका आश्रित परिवारका लागि बिभिन्न रुटमा निःशुल्क बससेवा सुरु गरेको छ ।

आजदेखि असोज २३ (अष्टमी)को दिनसम्म काठमाडौंबाट इटहरी, हेटौडा, दोलखा, रामेछाप, चौतारा (सिन्धुपाल्चोक), त्रिशुली (नुवाकोट), धादिङ, बुटवल, पोखरा, धनगढी, र नारायणगढ सम्म जाने र आउने गरी निःशुल्क बस सेवा सुरु गरेको छ ।

सेनाले व्यवस्था गरेका यी बसहरु हरेक दिन बिहान ६ बजे सम्बन्धित जिल्ला सदरमुकामका लागि छुट्नेछ । बसमा एक सैनिक परिवारका ४ जनासम्मले मात्र यात्रा गर्न पाउनेछन् ।साथै नेपाली सेनाले असोज २४ देखि २६ (महानवमीदेखि एकादशी)सम्म ३ दिन उपत्यकामा न्युन संख्यामा सवारी चल्ने भएकाले यात्रुको सुविधाका लागि निःशुल्क बससेवा सञ्चालन गर्ने बताएको छ ।

बिहानदेखि साँझसम्म बिभिन्न समयमा चल्ने सेनाका गाडीहरुको रुट भने निर्धारण गर्न बाकीनै रहेकाे छ  ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।