0 COMMENTS

fifa-gianni-infantinoकाठमाडौँ१८ , अशोज  /विश्व फुटबलको सर्बोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप फुटबलमा सहभागी हुने टिमको संख्या बढाउने प्रस्ताव गरेका छन् ।

फिफा अध्यक्ष इन्फान्टिनाले विश्वकप फुटबलको अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने टिमको संख्या ४८ पुर्‍याउने प्रस्ताव गरेको विविसीले जनाएको छ ।

इन्फान्टिनोले समूह चरणअघि प्रारम्भीक ३२ टिममा नकआउट प्रतिस्पर्धा गराउने र त्यसबाट १६ टिम समूह चरणका लागि छनौट हुने तथा १६ टिम बाहिरिने प्रस्ताव गरेका हुन् भने समूह चरणका लागि १६ टिम भने बाइ पाएर जाने प्रस्ताव गरेका छन् ।त्यसपछिको प्रतिस्पर्धा अहिलेको जस्तै ३२ टिम नै हुनेछन् ।

विश्वकप फुटबललाई प्रभावकारी बनाउने विषयमा विभिन्न प्रस्ताव आएको र त्यस विषयमा छलफल भइरहेको फिफाले जनाएको छ । आउँदो जनवरीमा हुने फिफाको काउन्सिलमा इन्फान्टिनोको प्रस्तावका बारेमा छलफल हुनेछ ।सन् २०१७ भित्रमा यस विषयमा निर्णय लिइने इन्फान्टिनोले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।