काठमाण्डाै१७,असाेज /विगत दुइदशक लामो समयदेखि असाहय महिला तथा बालबालीकाको क्षेत्रमा कार्यरत दुर्गा मैनालीले आफ्नो अनुभवको जगमा उभिएर २१ सौं शताब्दिको नयाँ छोरीको कल्पनाका साथ एक नूतन विचार ग्रन्थ बजारमा ल्याउनु भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. विष्णुविभू घिमिरेले आज एक कार्यक्रम माझ वागबजार स्थीत होटल हार्दिकमा सार्वजनिक गर्नुभयो । वरिष्ठ निबन्धकार युवराज नयाँघरे, साहित्यकार प्रभा भट्टराइ, लेखक डा. गणेश अधिकारी लगायत थुप्रै लेखक तथा साहित्यकारहरुको उपस्थितीमा विमोचन सम्पन्न भएको उक्त पुस्तकको सम्पादन विवेक विनयीले गर्नुभएको हो ।
“जीवनमा छोरी हुनुको नाताले थुप्रै खाले, धेरै चाँही पिडादायी घटनाहरु संगालेको छु । कतिपय यस्ता घटनाहरु छन् जो साँच्चै अरुलाई बाँड्दा काम लाग्न सक्छन् । हामीले जुन अनुभव व्यहोरेका छौं, त्यस्तै अबका छोरीहरुले भोग्नु नपरोस भनेर आफ्ना कुराहरु पुस्तक मार्फत बाहिर ल्याएको हुँ” लेखक मैनाली भन्नु भयो ।
विशेष अतिथिको रुपमा उपस्थित हुनुभएको साहित्यकार युवराज नयाँघरेले सरल भाषा र शैली अत्यन्तै गहन विचार वाहिर आएको बताउँदै यो कृति पढ्दा एक विशिष्ठ अनुभव हुने बताउँनु भयो ।
त्यस्तै पुस्तकका सम्पादक विवेक विनयीले भन्नुभयो सम्पादकको भूमिका जहिले पनि कठिन हुन्छ, प्रस्तुत पुस्तक सम्पादन गर्न झनै गाह्रो भयो । किन कि यो ग्रन्थ हृदयको मसीले लेखेको हो । यस्तो ओजस्वी विचारलाई दिशानिर्देश गर्दै पुस्ताकाकार दिनु ज्यादै गाह्रो काम हो तर पनि आज यो सम्पन्न भएको छ । यसले एउटा पृथक इतिहास रच्ने छ उहाँ भन्नुभयो । त्यस्तै यस्तो महत्वपूर्ण कार्यक्रममा आफु आउन पाउँदा असाध्यै खुशी लागेको भन्दै प्रमुख अतिथि डा. घिमिरेले अत्यन्तै नयाँ सोच र साहसका साथ एउटा नयाँ कृति बाहिर आएको बताउनु भयो । लेखक मैनाली सबैलाई प्रभावित पारेको भन्दै अझै राम्रा कृतिहरु लेख्दै जान सुझाए ।
प्रतिक्रिया दिनुहोस्