0 COMMENTS
1530380_1377922689131247_532604048_n
अगाथा थापा

काठमाण्डाै १७,असाेज /चाइल्ड नेपालले यस वर्षको राष्ट्रिय बालअधिकार सम्मानबाट श्री अगाथा थापालाई सम्मानित गर्ने भएको छ । नेपालमा प्रारम्भिक बालविकासलाई शिक्षाको मुल धारमा ल्याउँदै कलिला बालबालिकाको अधिकारको संरक्षणमा उहाँले पुर्याउनु भएको योगदानको कदर गर्दै उहाँलाई यो सम्मान गर्न लागिएको हो ।
संस्थाले २०७१ सालदेखि राष्टिय बालअधिकार सम्मानको स्थापना गरेको हो । अन्तर्राष्टिय मानवअधिकार दिवसका अवसरमा आयोजना हुने मानवअधिकार राष्टिय महाभेलाको संयोजक भएको बेलादेखि यो सम्मान दिन थालिएको थियो । त्यस वर्ष राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त तथा बालअधिकारकर्मी गौरी प्रधानलाई यो सम्मान प्रदान गरिएको थियो । गत वर्ष महाभुकम्पले गर्दा यो सम्मान प्रदान गर्न सकिएको थिएन र यस वर्षबाट फेरि यस राष्टिय सम्मानलाई निरन्तरता दिन लागिएको कुरा संस्थाका अध्यक्ष कृष्ण सुवेदीले भन्नुभयो । संस्थाको १२ औँ साधारण सभा र सामाजिक लेखा परिक्षणका अवसर पारी यो सम्मान दिन लागिएको उहाँले बताउनुभयो ।
यो राष्टिय सम्मान बालअधिकारका क्षेत्रमा उल्लेखनीय काम गर्नेका लागि स्थापना गरिएको हो । अगाथा थापा यस्तो व्यक्तित्व हुनुहुन्छ जसले नेपालमा पहिलो पल्ट प्रारम्भिक बालविकसको अवधारणाको थालनी गर्नुभयो । आज हामी हाम्रा साना साना बालबालिकालाई बालकेन्द्र वा मन्टेश्वरीमा खेल्दै अनि सिक्दै उनीहरुहरुको विकास भएको देखिरहेका छौँ । यो अवधारणाको श्रेय उहाँलाई नै जान्छ– संस्थाको अध्यक्ष सुवेदी बताउनुहुन्छ । साथै, नेपालको नयाँ संविधानमा प्रारम्भिक बाल विकासको अधिकार सुनिश्चित गर्ने अभियानमा पनि उहाँको ठूलो योगदान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।